• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पहिरोमा परेर एक जनाको मृत्यु तीन बालबालिकासहित ६ जना बेपत्ता

"पहिरोमा परेर एक जनाको मृत्यु तीन बालबालिकासहित ६ जना बेपत्ता "

  •     अभियान हाम्रो/ मङ्गलबार, साउन २३, २०८०  

  • मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार अविरल वर्षाका कारण बागमती गाउँपालिका-५, सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका-५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी पत्नी ५५ वर्षीया सन्तमाया स्याङतान रहेको छ ।

    अक्कल बहादुर, उहाँका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताहरूको स्थानीय र प्रहरीको सहयोगमा खोजी भइरहेको बागमती गाउँपालिका ५ नम्बर वडा अध्यक्ष विजय कुमार भ्लोनले बताउनु भयो । बागमती नदीमा बढेको बहाब कारण धरान–चतरा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

    बागमती गाउँपालिका-४ पर्ने सडकखण्डको केही भाग नदीले कटान गरेकोले धरान–चतरा सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको मकवानपुका डिएसपी टेक बहादुर कार्कीले जानकारी दिनुभयो । साना र हलुका सवारी सञ्चालनमा ल्याइएको तर मालबहाक र भारी सवारी सञ्चलानमा जोखिरहेकोले सडकखण्ड एकतर्फी सञ्चालन गरिएको डिएसपी कार्कीले बताउनु भयो । यता बागमती नदी बस्तीमा पस्दा बागमती-४, पाँच पाण्डपका ६ घर डुबानमा परेको छन् ।

    अहिले डुबानमा परेका घरका मानिस र मालसमान सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । यसैगरी हेटौँडा भएर जाने छोटो दुरिको मार्ग कान्तिलोकपथ र हेटौँडा कुलेखानी-काठमाडौँ सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.