• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अनुदानको चामल सकिएपछि हिमाली गाउँपालिकामा खाद्यन्न संकट उत्पन्न

"जिल्लास्थित कुवाडी अस्थायी खाद्य डिपोमा अनुदानको चामल सकिएपछि हिमाली गाउँपालिकामा खाद्यन्न संकट उत्पन्न "

  •     अभियान हाम्रो/ सोमबार, साउन २२, २०८०  

  • जिल्लास्थित कुवाडी अस्थायी खाद्य डिपोमा अनुदानको चामल सकिएपछि हिमाली गाउँपालिकामा खाद्यन्न संकट उत्पन्न भएको छ । अनुदानको चामल नपाएपछि हिमाली गाउँपालिका वडा नम्बर १, २, ३ बिच्छँया र सोही गाउँपालिका वडा नम्बर ४ र ५ रुगीनका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । खाद्य डिपोमा गत आर्थिक वर्षको चामल असार महिनामै सकिएकोले एक महिनादेखि खाद्य संकटको सामना गर्नुपरेको हिमाली गाउँपालिका–३ का स्थानीय धनलाल रोकायाले दुखेसो पोख्नु भयो । हिमाली गाउँपालिका–१ बिच्छँयाका धर्मलाल रोकायाले आफू दुई दिन लगाएर कुवाडी अस्थायी डिपोमा चामल किन्न पुगेको भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता हुनु परेको इन्सेक जिल्ला प्रतिनिधिसँगको टेलिफोन सम्पर्कमा बताउनु भयो ।

    photo20230807bajura (1)

    आर्थिक वर्ष ०७९ / ०८० मा कुवाडी डिपोमा ३ हजार ५ सय कुण्टेल चामाल रहेको थियो । कोटाको चामल असार महिनाको अन्तिम सातामै बिक्री भइसकेकोले चामलको संकट उत्पन्न भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बाजुराका प्रमुख मेखराज ओझाले बताउनु भयो । आर्थिक वर्ष ०८० / ०८१ मा कुवाडी डिपोका लागि ३ हजार ५ सय कुण्टेल चामल कोटा छुट्याइएको भए पनि चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कुवाडी डिपोमा भएको मोटो चामल स्थानीय उपभोक्ताले प्रति केजी ५२ रुपियाँमा पाउने गरेका थिए । तर, डिपोमा चामाल सकिएपछि त्यही चामल बजारमा प्रति केजी ८० रुपियाँ तिरेर स्थानीय किन्न बाध्य भएका छन् ।

    हिमाली गाउँपालिका–१ बिच्छँयाबाट चामल किन्न भनेर गाउँबाट २५ जना आएको तर चामल नपाएपछि बजारको महँगो चामल लगरे फिर्ता भएको स्थानीय अम्मलाल बुढथापाले दुखेसो पोख्नु भयो । साबिकको बिच्छँयाँ गाबिसमा मात्र ४ हजार जनसङ्ख्या रहेको छ । सबै घरमा खाद्य संकट भएको गाउँपालिकाले जानएको छ । बजारको पहुँच भएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल प्रयाप्त भए पनि दुर्गममा रहेका डिपोमा चामल सकिएकोले आर्थिक रुपमा बिपन्न परिवार तथा स्थानीयहरुलाई समस्या उत्पन्न भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताउनु भयो ।

    यसैगरी स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल नभएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षको ५ सय कुण्टेल चामल जेठ महिनामै सकिएको र यस नयाँ आर्थिक वर्ष कोटामा प्राप्त हुने ५ कुण्टेल चामलको ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बाजुराका प्रमुख मेखराज ओझाले बताउनु भयो ।

    photo20230807bajura (3)

    दुर्गमका डिपोमा चामल अभाव भइरहेका बेला बजारको पहुँच रहेका समदरमुकाम मार्तडी र कोल्टि डिपोमा चामल प्रायप्त रहेको छ । मार्तडीस्थित खाद्य डिपोमा १ हजार २ सय कुण्टेल, कोल्टि डिपोमा १ हजार २ सय २९ कुण्टेल चामल मौजात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बाजुराका प्रमुख ओझाको भनाइ छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने हिमाली गाउँपालिका जिल्लाको सर्वाधिक बिकट गाउँपालिका हो । यो गाउँपालिकाको टाढाका गाँउका स्थानीयहरुलाई सदरमुकाम मार्तडी पुग्न एक सातासम्म लाग्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.