• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गाँजा खोज्दै घर-घरमा प्रहरी, दुई हजार रोपनी नष्ट


  •    संवाददाता/ सोमबार, साउन २२, २०८०  

  • बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घर–घर पुगेर नष्ट गरेको छ।

    बाह्रदशी गाउँपालिका– ७ स्थित डाँगीबारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय घैलाडुब्बाको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ।

    इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा गाँजा खेती नष्ट गरेको हो। औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयले गाँजा खेती गर्दै निरीक्षक कटुवालले बताउनुभयो।

    विशेष गरी आदिवासी समुदायले करेसावारीमा गाँजाखेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री बितरण गर्ने गरेको बताइएको छ।

    गाउँमा गाँजा खेती हुने गरेको र युवा गाँजासहित लागूऔषधको लतमा फस्न सक्ने जोखिम बढेको भन्दै विशेष सूचनाका आधारमा अभियान नै चलाएर गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ।

    पछिल्लो समय युवा पुस्ता कुलतमा फस्ने क्रम बढेसँगै स्थानीयले समेत प्रहरीलाई लागूऔषध दुव्र्यसन र गाँजा खेती न्यूनीकरणमा सहयोग पुर्याउँदै आएका छन्।

    यसैबीच कोशी प्रदेशमा प्रहरीले एक वर्षको अवधिमा एक हजार ७ सय ६३ रोपनीमा लगाएको गाँजा नष्ट गरेको छ। कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ लाख ७६ हजार तीन सय १४ वटा गाँजाका बोट नष्ट गरेको हो। प्रदेश प्रहरीले गाँजा खेती नष्ट गर्न अभियान नै चलाएर यसअघि प्रहरी परिचालन गरेको थियो।

    कोशी प्रदेशमा प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा पाँच हजार ८ सय १५ किलोग्राम सुक्खा गाँजा बरामद गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा २ हजार २१ केजी गाँजा बरामद भए पनि आर्थिक वर्ष २०७९ /०८० मा प्रहरीले सक्रियता बढाएसँगै तेब्बर बढी गाँजा बरामद गरेको हो।

    त्यसो त लागूऔषध नियन्त्रणका क्षेत्रमा प्रहरीले छुट्टै सेल खडा गरेर काम गरिहरेको छ। तर, भारतसँगको खुल्ला सिमानाका कारण नियन्त्रण पूर्ण रुपमा हुन सकेको छैन।

    प्रहरीको पछिल्लो तथ्यांकअनुसार कोशी प्रदेशबाट गाँजापछि ब्राउन सुगर र अफिम धेरै बरामद भएको छ। दुई केजी ७९ ग्राम र ८४९ मिलिग्राम ब्राउन सुगर बरामद हुँदा २७.६८ ग्राम अफिम बरामद भएको हो। त्यस्तै विभिन्न मनोदीपक चक्की/क्याप्सुल २७ हजार हजार ६ सय १८ र विभिन्न मनोदीपक इन्जेक्सन (एम्पुल) १० हजार १ सय ७५ वटा बरामद भएको हो।

    अन्य मनोदीपक औषधिहरु ३ सय १७ थान बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो। प्रहरीले एक वर्षको अवधिमा लागूऔषध मुद्दामा एक हजार एक सय ४१ जना मानिसलाई नियन्त्रणमा लिएको छ।

    २०६५ साल जेठ १५ गते नेपालमा जारी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजालाई लागूऔषध सूचीमा राखिएको छ। तर, अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि संसद्मा पेस गरेको बजेटमा गाँजाको विषयसमेत परेपछि अहिले सार्वजनिक वृत्तमा यसको चर्चा भइरहेको छ।

    बजेटमा औषधीय प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित कतिपय सांसद्ले सरकारको घोषणाबारे संशय व्यक्त गरेका थिए। बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री महतले औषधीय प्रयोजनका लागि गाँजाको खेती खुला गर्नेबारे यसको प्रतिबन्धमा पैरवी गर्ने देश नै लागिरहेको बताएसँगै गाँजा खेतीको बहस सार्वजनिक वृत्तमा चुलिएको हो।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.