• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुशासन अभियन्ता गिरफ्तार, मेयर विवादमा


  •    संवाददाता/ आइतबार, साउन २१, २०८०  

  • विराटनगर महानगरपालिका–५ जामुनगाछीकी ५३ वर्षीया इन्दिरा चापाँगाईलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विवादमा मुछिएका छन् ।

    मेयर कोइरालाको निर्देशनमा सुशासन अभियन्ता चापाँगाईलाई प्रहरीले गिरफ्तारी गरी हिरासतमा राखेपछि मेयर विवादमा मुछिएका हुन्।

    विराटनगर महानगरपालिका कार्यालयले चापाँगाईविरुद्ध ०८० साउन १५ गते अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि चापाँगाई गिरफ्तार गरी हिरासतमा राखेको इन्स्पेक्टर पप्पु नायकले बताउनु भयो ।

    प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरेकोमा साउन २१ गते म्याद सकिँदैछ । साउन २१ गतेभित्र अनुसन्धान पुरा नभए पुन म्याद थप्ने प्रहरीले जनाएको छ ।

    मेयर विवादमा मुछिएपछि मेयरको सचिवालयले साउन २१ गते सचिवालयको फेसबुक पेजबाट घटनाका विषयमा जानकारी गराएको छ ।

    सुशासन अभियन्ता चापाँगाईले जिल्ला प्रशासन कार्यालय मोरड्गमा गोग्राह कलेज विराटनगर र सोही कलेजको सञ्चालक समितिविरुद ०८० जेठ १८ गते निवेदन दर्ता गराएर आन्दोलन गर्दै आउनु भएको थियो ।

    विराटनगर महानगरपालिका अगाडि गएको जेठ महिनायता मेयरविरुद विरोध गर्दै आउनु भएकी चापाँगाईलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ ।

    पूर्वाञ्चल विश्वविद्यालय एन र २०५७ सालका सक्कली लिखित कागजात जुटाई प्रमाणित गर्न र गोग्राह सामुदायिक कलेजले सोही नामको निजी कलेज सञ्चालन गरेकोमा महानगरपालिकाले निजी कलेजलाई ५ लाख रुपियाँ आर्थिक सहयोग गरेकोमा सुशासन अभियन्ता चापाँगाईको विरोध छ ।

    विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले लोकतन्त्रमा विरोध गर्न पाउनु अधिकार भएपनि विरोधका नाममा मानमर्दन गर्न नपाइने बताउनु भयो ।

    सुशासन अभियन्ता भनि इन्दिरा चापाँगाईले आफूलाई नगरपालिकाको गेटबाट पस्न नदिएको र तुच्छ गालीगलौच गरेका कारण कानुनी प्रक्रियाका लागि प्रहरीमा उजुरी दिएको बताउनु भयो ।

    विराटनगर महानगरपालिका–४ स्थित गोग्राहा स्कुलमा सञ्चालित कलेज निजी क्षेत्रबाट सञ्चालनमा रहेको र सो कलेजलाई विराटनगर महानगरपालिकाले ५ लाख रुपियाँ आर्थिक सहयोग आरोप लगाउँदै चापागाई उक्त रकम महानगरपालिकालाई फिर्ता हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिनु भएको छ ।

    गोग्राहा विद्यालय व्यवस्थापन समितिकी पूर्व अध्यक्षसमेत रहनु भएकी चापाँगाईलाई प्रहरीले गिरफ्तार गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अभियान्ताविरुद्ध उजुरी दिएर गिरफ्तार गराएको विषय विवादमा परेको छ ।

    मेयरविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूले विरोध गरेपछि विराटनगर महानगरपालिकाका मेयरको सचिवालयले साउन २१ गतेसामाजिक सञ्जालमार्फत घटनाका विषयमा स्पष्टीकरण दिएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.