• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अविवाहित प्रमाणित गर्न रु १०००।- मात्र


  •    संवाददाता/ शुक्रबार, साउन १९, २०८०  

  • के तपाईँ अविवाहित हुनुहुन्छ ? यदि तपाईँ अविवाहित हुनुहुन्छ भने तपाईँ अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नु पर्ने भएको छ। झापाको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा प्रकाशित गरेको राजपत्रमा अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख छ।

    नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय ५० रुपैयाँ लाग्ने भएपनि अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ लाग्ने भएको हो। यस अघि पालिकाले नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय रुपैयाँ लिँदै आएपनि आर्थिक वर्ष २०८०/२०८१ मा ५० रुपैयाँ शुल्क वृद्धि गरेको हो। त्यस्तै नागरिकताको प्रतिलिपि सिफारिस गर्न २ सय रुपैयाँ लिने राजपत्रमा उल्लेख छ भने नाता प्रमाणित गर्न ५ सय रुपैयाँ लाग्ने भएको छ। यस अघि नाता प्रमाणित गर्न ३ सय रुपैयाँ मात्रै लाग्दै आएको थियो। त्यस्तै बसोवास प्रमाणित गर्न समेत ५ सय रुपैयाँ लाग्ने राजपत्रमा उल्लेख छ।

    पालिकाले अविवाहित प्रमाणित गर्न मात्र होइन नाबालकको परिचयपत्र बनाउन गरिने सिफारिसका लागि समेत शुल्क लिने भएको छ। जसका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ। यता गाउँपालिकाले सम्बन्ध विच्छेदको सिफारिसमा तेब्बर बढी शुल्क बढाएको पाइएको छ। सम्बन्ध विच्छेदका लागि गरिने सिफारिसका लागि यस अघि ३ सय रुपैयाँ लिँदै आएपनि यस वर्षबाट सो शुल्कलाई बढाएर एक हजार रुपैयाँ पुर्‍याइएको छ।

    व्यवसायीका लागि घट्यो करको दर

    बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८० /०८१ को बजेट व्यवसायीकको पक्षमा ल्याएको छ। नागरिकको दैनिकीलाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा मौन देखिएको गाउँपालिकाले व्यवसायिक क्षेत्रमा भने करको दर घटाएर आर्थिक नीति व्यवसायीको पक्षमा ल्याएको छ। गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षदेखि लागू हुने गरी कारको दर घटाएसँगै राजश्व संकलन प्रभावित हुने देखिएको हो।

    गाउँपालिकाले फर्निचर उद्योगदेखि मदिराको थोक तथा होलसेल र इँटा उद्योगको करको दर घटाएर व्यवसायी पोस्ने काम गरेको हो। गाउँपालिकाले स मिल सहितको काठ उद्योगमा गत वर्ष आठ हजार रुपैयाँ कर लिँदै आएपनि यस वर्षदेखि लागू हुने गरी ५ हजार रुपैयाँ मात्र कायम गरेको छ। त्यस्तै फर्निचर उद्योग वेन्सो सहित गत वर्ष ५ हजार रुपैयाँ कर लिँदै आएपनि यस वर्ष ३ हजार रुपैयाँ मात्रै करको दर कायम गरिएको छ। गाउँपालिकामा रहेको इँटा उद्योगबाट ५० हजार रुपैयाँ कर लिँदै आएपनि यस वर्षबाट २० हजार रुपैयाँ कर घटाएर ३० हजार रुपैयाँ कायम गरिएको छ।

    विभिन्न प्रकारका मदिराको थोक तथा होलसेल बिक्रेताले अब तीन हजार रुपैयाँ प्रतिवर्ष कर तिरे पुग्छ। यस अघि उनीहरूले पाँच हजार रुपैयाँ कर तिर्दै आएका थिए। त्यस्तै इँटा टायल, मार्वल लगायतको थोक तथा होलसेल बिक्रेताले वार्षिक रुपमा तीन हजार रुपैयाँ कर तिरे पुग्ने भएको छ। यस अघि उनीहरूले वार्षिक रुपमा पाँच हजार कर तिर्दै आएका थिए। वार्षिक रुपमा करोडौँको कारोबार हुने उद्योगहरूबाट करको दर घटाएर गाउँपालिकाले व्यवसायीलाई फाइदा पुग्नेगरि बजेट ल्याएको हो।

    नागरिकले सिफारिस तथा घर जग्गाको करको दायरा नघटेको भनेर पटक पटक आवाज उठाउँदा समेत व्यवस्था नगरेको गाउँपालिकाले व्यवसायीको पक्षमा काम गर्दै व्यवसायीलाई पोस्ने काम गरेको स्थानीयको आरोप छ। यता घर जग्गाको सिफारिसमा समेत करको दर बढाएको पाइएको छ। मूल बाटोले छोएको जग्गाको प्रति सिफारिस एक हजार रुपैयाँ लिने गाउँपालिकाले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ। यस अघि पालिकाले सिफारिस शुल्क सात सय रुपैयाँ लिँदै आएको थियो।

    त्यस्तै सहायक बाटोले छोएको जग्गाको प्रति सिफारिस गर्दा दुई सय रुपैयाँ बढाइएको छ। यस अघि ६ सय रुपैयाँ राजश्व लिँदै आएपनि यस आर्थिक वर्षदेखि सिफारिस दस्तुर आठ सय लिन लागिएको हो। भित्री शाखा बाटोले छोएको जग्गाको प्रति सिफारिस ५०० बाट ७००, बजार क्षेत्रले छोएको जग्गाको प्रति सिफारिस एक हजार रुपैयाँबाट एक हजार पाँच सय रुपैयाँ पुर्‍याइएको छ। बाटोले नछोएको जग्गाको प्रति सिफारिस तीन सय बाट पाँच सय बनाइएको छ।

    यस्तै विद्युत मिटर जडानका लागि गरिने सिफारिसमा पनि शुल्क बढाइएको छ। कृषि व्यवसाय तथा सिँचाइ प्रयोजनका लागि मिटर जडानमा एक सय ५० रुपैयाँलाई बढाउँदै दुई सय रुपैयाँ पुर्‍याइएको छ। आवासीय घरमा १ सय ५० बाट २ सय रुपैयाँ बनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.