• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कञ्चनरुप नगर अस्पतालमा स्थानीयले गरे तोडफोड

"सप्तकोशी नगरपालिका–९ कमलपुरका १६ बर्षीय ओमप्रकाश खंगको साउन १४ गते मृत्यु भएको भन्दै कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनरुप नगर अस्पतालमा स्थानीयले तोडफोड गर्दै विरोध प्रदर्शन गरेका छन् । "

  •     अभियान हाम्रो / बुधबार, साउन १७, २०८०  

  • डाक्टरको लापरबाही र म्याद गुज्रिएको औषधिका कारण सप्तकोशी नगरपालिका–९ कमलपुरका १६ बर्षीय ओमप्रकाश खंगको साउन १४ गते मृत्यु भएको भन्दै कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनरुप नगर अस्पतालमा स्थानीयले तोडफोड गर्दै विरोध प्रदर्शन गरेका छन् ।

    अस्पताल परिसरमा जम्मा भएका पीडित परिवार र स्थानीयवासीले कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र अस्पताल प्रमुख डा. संजय गुप्ता विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् । आक्रोशित प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेर अस्पतालको सिसा फुटाएका छन् । नगर प्रमुख ललनप्रसाद गुप्ताका मामाका छोरा भएकैले डा. गुप्तालाई अस्पताल प्रमुख बनाएको आरोप लाग्दै आएको छ । प्रदर्शन उग्र बनेपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी दिपककुमार राय नेतृत्वमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

    ज्वरो लागेर विरामी भएका खङ्गलाई साउन १४ गते विहान ११ बजे अस्पताल भर्ना गरिएकोमा अस्पतालले साढे ४ बजे मृत्यु घोषणा गरेको थियो । पीडितका बुवा रामदेव खंगका अनुसार अस्पताल भर्ना भएको दुई घण्टासम्म विरामी जाँच गर्न कोही डाक्टर आएनन् । रामदेबले भन्नुभयो–‘स्थानीय क्लिनिकबाट भिडियो एक्स–रे गरी हिंडेरै विरामी अस्पताल आए, अस्पतालमा इञ्जेक्शन लगाए पछि विरामीको मृत्यु भयो ।’ उहाँले आफ्नो छोराको अस्वभाविक मृत्यु भएकोले दोषीलाई हदैसम्मको कारवाही गर्न माँग गर्नु भएको छ ।

    घटना लगत्तै कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल, नेकपा (एमाले) बाट प्रमुखका प्रत्याशी मोहम्मद कलिम, जसपा नेपालबाट प्रमुखका प्रत्याशी भोला पासवानले अस्पतालमा मृतक परिवारसँग भेट गरी घटनाको छानविन गर्दै दोषीमाथि कारवाहीको माँग गर्नुभएको छ । संलग्न स्वास्थ्यकर्मीहरूलाई निलम्बन गरेर कारवाही प्रक्रिया अघि बढाउन उहाँहरूले माँग गर्नुभयो ।

    उक्त क्षेत्रका प्रदेश सांसद राजकुमार लेखीले डाक्टरको लापरबाहीले खङ्गको मृत्यु भएकोले निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ । सप्तकोशी नगरपालिकाका पूर्व नगर प्रमुख उत्तम गौतमले समेत दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।

    यसअघि पनि साउन ७ गते उपचार गराइरहनु भएकी रञ्जना कुमारी विश्वासलाई सो अस्पतालको फार्मेसीबाट म्याद सकिएको औषधि बिक्री वितरण भएको घटना बाहिरिए पछि स्थानीयले विरोध जनाएका थिए । विरोधपछि नगर प्रमुख गुप्ताले दोषीलाई कारवाही गर्ने आश्वासन दिनुभएको थियो ।

    त्यसैगरी मङ्सिर २१ गते उपचार गर्न पुग्नु भएकी कञ्चनरुप नगरपालिका–१२ की फर्हान अलीलाई अस्पतालले म्याद सकिएको औषधि दिएर पठाए पछि तत्कालिन अस्तालका प्रमुख डाक्टर आकाश रौनियारले भूल भएको स्वीकार्नु भएको थियो ।   औषधि ऐन २०३५ को दफा ३४ (क) अनुसार म्याद नाघेको औषधि बिक्री वितरणबाट त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा कसुरको मात्रा अनुसार जन्मकैदसम्म हुने व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.