• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चीनको राजधानी बेइजिङमा बाढीः २० को मृत्यु


  •    संवाददाता/ बुधबार, साउन १७, २०८०  

  • चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

    केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन् । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य व्यापक रुपमा भइरहेको छ ।

    सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ । यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै, उनीहरूलाई सामग्री पुर्‍याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ।

    चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बाढीको पानीले मानिसको घर भरिएको छ र हजारौं मानिस प्रभावित भएका छन् । उसका अनुसार बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखि भारी वर्षा सुरु भएको थियो, जुन करिब ४० घण्टासम्म चलेको थियो। अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ ।

    राजधानी बेइजिङमा सडकहरु खोला जस्तै देखिन थालेका छन् । ग्लोबल टाइम्सले मंगलबार आफ्नो रिपोर्टमा हालसम्म २० जनाको मृत्यु भएको र १९ जना बेपत्ता रहेको बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.