नेपाल आयल निगमलाई मंगलबार भारतीय आयल निगमबाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा साढे ८ रुपैयाँले बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
जसअनुसार डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँ हाराहारीले महँगो हुनेछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले डिजल पेट्रोलमा लिटरमा २ प्रतिशत मात्रै नाफा राखेर मूल्य तोक्न पाउँछ । यस्तै, खाना पकाउने ग्याँसमा भने नाफा नराख्ने कार्यविधि छ ।
जसअनुसार घटेर आएको प्रति सिलिण्डर एक सय रुपैयाँ मूल्य नै घटाएर मंगलबार मूल्य समायोजन गरिने ठाकुरले बताए । हवाई इन्धनमा भने स्वचालित मूल्य प्रणाली लागू हुने छैन ।








