• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जलवायु परिवर्तन: २० वर्षमा ५६ प्रतिशत समुद्रको रङ परिवर्तन


  •    संवाददाता/ सोमबार, साउन १५, २०८०  

  • वैज्ञानिकहरूले २० वर्षमा समुद्रको रङ परिवर्तन भई नीलोबाट हरियो भएको बताएका छन्। उनीहरूले यसको असर समुद्री जीव तथा सी–फुडमा आश्रित मानिसमा पर्ने पनि बताएका छन्। यसको कारण जलवायु परिवर्तन रहेको बताइएको छ।

    जलवायु परिवर्तनका कारण समुद्री सतहमा फाइटोप्लांकटन अर्थात् समुद्रमा पाइने साना बिरुवाजस्तो देखिने जीव बढेका छन्। यसले यिनले मरिन लाइफलाई नियन्त्रण गर्छन्। यी फाइटोप्लांकटनमा बिरुवामा झैं हरियो क्लोरोफिल हुन्छ, जसले गर्दा पानीको सतह हरियो देखिन्छ।

    वैज्ञानिकले समुद्रको रङ परिवर्तन हुनु खतराको संकेत भएको बताएका छन्। कारण, फाइटोप्लांकटन बढ्दा समुद्रमा मृत क्षेत्र (डेड जोन) बढिरहेको छ। यो मृत क्षेत्रमा समुद्री जीवले सास फेर्न सक्दैनन् र मर्छन्।

    वास्तवमा फाइटोप्लांकटनले कार्बनडाइअक्साइड लिएर अक्सिजन छोड्छन्। समुद्रमा बस्ने अन्य जीवले यही अक्सिजन लिन्छन्। फाइटोप्लांकटन बढ्दा समुद्रमा जीवजन्तुका लागि ठाउँ साँघुरो हुँदै गएको छ भने अक्सिजन पनि कम हुन थालेको छ। साथै मृत क्षेत्र पनि बन्दै गइरहेको वैज्ञानिकको ठहर छ।

    समुद्री रङ परिवर्तनको असर मानवमा

    मानवजाति जीवनका लागि मरिन लाइफमा पनि आश्रित छ। उनीहरु सी–फुड खान्छन्, माछा पालन गर्छन्। पानीनजिक फलफूल उमार्छन्। समुद्रमा मृत क्षेत्र बन्दै जाँदा मरिन लाइफ समाप्त हुन्छ र मानव जीवन पनि कठिन बन्न सक्ने बताइन्छ।

    वैज्ञानिकका अनुसार पानीको रङ परिवर्तन भएको कुरा हामीले सजिलै देख्न भने सक्दैनौँ। यसको खुलासा सन् २००२–२०२२ सम्मको स्याटेलाइट डेटाबाट भएको छ। डेटाअनुसार ५६ प्रतिशत समुद्र नीलोबाट हरियो बनेको छ।

    म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) की वैज्ञानिक स्टेफनी डुट्किविक्जले हामीले देखेको परिवर्तन आश्यर्च पार्नेभन्दा बढी डराउने खालको भएको बताउँछिन्। यो परिवर्तन जलवायु परिवर्तनले भएको र यसमा मानव क्रियाकलाप प्रमुख कारण रहेको उनको भनाइ छ। मानवले इकोसिस्टमलाई गम्भीर प्रभाव पारेको पनि उनको भनाइ छ।

    परिवर्तन हुँदै गइरहेको रङले इकोसिस्टमको अवस्था दर्शाउने भएकाले यसबारे चिन्ता गर्नुपर्ने बेला भएको वैज्ञानिकहरूको धारणा छ। उनीहरुका अनुसार जलवायु परिवर्तन हुँदा विश्वको २५ प्रतिशत कार्बनडाइअक्साइड खिच्ने समुद्र पनि परिवर्तन भएको छ। जसले गर्दा समुद्रको पानी पनि तातो हुँदै गइरहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.