• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मुहरमः हुसेनको त्याग र बलिदानको सम्झना


  •    संवाददाता/ शनिबार, साउन १३, २०८०  

  • इस्लामिक क्यालेन्डर अनुसार मुहरम इस्लाम धर्मको पहिलो महिना हो। यसलाई ‘हुरमतको महिना’ का साथै ‘गम र मातम’ को महिना पनि भनिन्छ। प्रत्येक वर्ष जस्तै यसवर्ष पनि यो महिना पैगम्बर मुहम्मदको नाति इमाम हुसेन ‘सहिद’ को सम्झनामा धुमधामका साथ मनाइदैछ।

    सन् २०२३ मा मुहरम २० जुलाईबाट शुरु भएको छ, त्यसैले यो वर्ष २९ जुलाई अर्थात आज मुहर्रम मनाइदैछ। इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ। यही महिनामा हजरत इमामहुसेनले कर्बलाको लडाइमा सहादत प्राप्त गर्नुभएको थियो।

    मुहर्रम महिनाको पहिलो दस दिन इमाम हुसेनको शोकको रुपमा मनाइन्छ। यसलाई आशूरा पनि भनिन्छ। हजरत इमामहुसेन आफ्ना ७२ साथी सहित मोहरम महिनाको दसौं दिन कर्कलाको मैदानमा सहिद हुनुभएले उहाँको सहादत र बलिदानका लागि यो दिनलाई विशेष रुपमा सम्झिने गरिएको छ।

    “हजरत इमामहुसेन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिद विरूद्धको लडाइमा उहाँको सेनाबाट परिवारका सदस्य र अन्य साथी सहित कर्बलाको मैदानमा सहिद हुनुभएको थियो। उहाँ समानता, न्याय, र दयाका लागि लड्ने गर्नुहुन्थ्यो”, अब्दुल्ला अलिगलले बताउनुभयो।

    तत्कालीन सलतनत त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उहाँले सुनाउनुभयो। अब्दुल्ला अलिगलका अनुसार, विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकहरूलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो।

    हजरत इमाम हुसेन

    हजरत इमाम हुसेन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति हुनुहुन्थ्यो। इमाम हुसेनका वालिद अर्थात पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो, उहाँ पैगम्बर साहबको ज्वाइँ हुनुहुन्थ्यो। त्यसैगरी इमाम हुसेनको आमाको नाम बीबी फातिमा थियो।

    हजरत अली धार्मिक तथा सामाजिक मुखिया हुनुहुन्थ्यो। उहाँलाई चौथो खलिफा बनाइएको थियो। हजरत अलीको शहादतपछि मानिसहरू इमाम हसन (हुसेनका दाजु) लाई खलिफा बनाउने पक्षमा हुनुहुन्थ्यो, तर विद्रोह गरेर हजरत अमिर मुआविया खलिफा हुनुभयो।

    “सन् ६० हिजरीमा तत्कालिन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहनुभयो। उहाँ सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहनुहुन्थ्यो। त्यसैले इंसानियत बचाउन याजिदको बिरोधका इमामहुसेनले कर्बलाको लडाइमा सहिद हुनुभयो”, मदरसा ब्यवस्थापन समिती लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मशूद नेपालीले बताउनुभयो।

    कसरी मनाइन्छ, मोहरम ?

    मोहरमको दशौ दिन अर्थात आशूराका दिन ताजियादारी गरिन्छ। इराकमा इमाम हुसेनको दरगाह छ, त्यसको हुबहु नकल गरेर ताजिया बनाइन्छ।

    शिया उलेमाका अनुसार, मोहरमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ। यो दिन इमाम हुसेनको सहादतको सम्झनामा ताजिया सहित जुलुस निकालिन्छ। ताजिया निकाल्ने परम्परा सिया समुदायमा मात्र छ, तर उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दुहरूले पनि ताजिया सहित जुलुस निकाल्ने गरेका छन्।

    यो वर्ष नेपाल र भारतमा मोहरमको सुरुआत २० जुलाईबाट भएको छ। त्यसैले भारतमा आशूरा २९ अगस्टमा मनाइदैछ। पाकिस्तान र बंगलादेशमा पनि आशूरा २९ अगस्ट २०२३ मै मनाइदैछ। जबकि सउदी अरब, ओमान, कतर, इराक, बहरिन, संयुक्त अरब अमिरात समेत अन्य अरब देशमा मुहर्रम १९ जुलाईबाट प्रारम्भ भएकोले मातमको दिन २८ जुलाइ मै मनाइएको छ।

    “हुसेनको त्याग र बलिदानले अन्तर्राष्ट्रिय स्तरमा पनि विश्वसनीयता प्राप्त गरेको छ। यसले अधिकारको मुद्दालाई समाजवादी परिवर्तनमा सहायक बन्ने प्रेरणा पनि प्रदान गरेको छ”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मसुद नेपालीले भन्नुभयो, “यस शोकपूर्ण अध्यायमा हजरत इमाम हुसेनलाई एक दृढ व्यक्तित्व र न्यायप्रेमी स्वभावका कारणले एक धार्मिक नायकको रूपमा चिनिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.