• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धरानका मेयर हर्क साम्पाङ्गलाई वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरको आदेश

"उच्च अदालत, विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई वृक्षारोपण नगर्न आदेश दिएको छ । "

  •    अभियन हाम्रो / शुक्रबार, साउन १२, २०८०  

  • उच्च अदालत, विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई वृक्षारोपण नगर्न आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको साउन ११ गतेको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता न. ४२१ र ३४५ को जग्गामा अनधिकृतरूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, र  नगराउनु भन्ने अन्तरिम आदेश दिएको छ ।

    photo 20230727 Sunsari photo 20230727 Sunsari1

    धरान उपमहानगरपालिका-४ स्थित छोटी मोरङमा रहेको जग्गामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले वृक्षारोपण गरेपछि त्यसको विरोध गरिएको थियो । धरान उपमहानगरपालिका-१ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको पत्नी रोजिना अधिकारीको नाममा दर्ता कायम रहेको जग्गामा धरानका मेयर हर्क साम्पाङ्गले बलजफ्ती वृक्षारोपण गरेको भनेर न्यायको लागि उच्च अदालत, विराटनगरमा पीडित पक्षले रिट निवेदन दिएको थियो ।

    उच्च अदालत, विराटनगरले साउन ११ गते रिट निवेदनमा कारबाही गर्दै निवेदकको नाममा दर्ता भएको कित्ता न. ४२१ र ३४५ को जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, र नगराउनु भन्ने अन्तरिम आदेश दिएको छ । निवेदक रोजिनाको नाममा धरान उपमहानगरपालिका-९ बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपूर्जा प्रतिलिपिबाट देखिएकोले कानुन बमोजिम अन्यथा नभएसम्म निजको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारको रूपमा रहने अदालतको आदेशमा उल्लेख छ ।

    धरानका मेयर हर्क साम्पाङ्गले सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा ०८० साउन ६ गते वृक्षारोपण गरेपछि विवाद उत्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.