• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रेडियो खप्तड आवाज र नेपाल एगलमा कार्यरत पत्रकार कुटपिटआरोपित गिरफ्तार

"राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का र उहाँका छोरा बासु खड्कालाई साउन १० गते गिरफ्तार "

  •    अभियन हाम्रो / बिहिबार, साउन ११, २०८०  

  • छविसपाथिभेरा गाउँपालिका–७ निवासी रेडियो खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत २५ वर्षीय पत्रकार सुनिल मण्डेललाई कुटपिट गरेका आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का र उहाँका छोरा बासु खड्कालाई साउन १० गते गिरफ्तार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का र उहाँका छोरा बासु खड्काले साउन ९ गते कुटपिट तथा अभद्र व्यवहार गर्नु भएकोले उहाँहरु विरुद्ध साउन ९ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित पत्रकार मण्डेलले बताउनु भयो ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बझाङ र प्रेस चौतारी नेपाल, बझाङले साउन ९ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनी कार्वाही गर्न र पत्रकारहरुको सुरक्षाको सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग माग गरेका छन् । पे्रश विज्ञप्ति किन जारी गरेको भन्दै रास्वपाका जिल्ला संयोजक खड्काका छोरा बासु खड्काले आफूलाई पनि गालिगलौज गरी अभद्र व्यवहार गरेको नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३८ वर्षीय शैलेन्द्र रोकायाको आरोप छ ।

    पत्रकार मण्डेलले होटलको विज्ञापन तथा समाचार सामग्री (डकुमेन्ट स्टोरी) प्रकाशन तथा प्रसारण गर्ने भनेर आफूसँग सम्झौता गर्नु भएको तर उक्त समाचार सामग्री प्रकाशन नभएपछि आफूले बुझ्न खोज्दा अपहरणको आरोप लगाइएको आारोपित खड्काको भनाइ छ । पीडत पक्षले दिएको उजुरीका आधारमा आरोपितद्धयलाई गिरफ्तार गरी अनुन्धान भइरहेको र दुबै पक्षलाई बोलाई छलफल गर्ने तयारी पनि भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.