• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रधानमन्त्रीले राजीनामा घोषणा गरे कम्बोडियामा

"छोरा उत्तराधिकारी "

  •    संवाददाता/ बिहिबार, साउन ११, २०८०  

  • कम्बोडियाका सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री हुन सेनले बुधबार तीन हप्ताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने र आफ्नो जेठो छोरालाई सत्ता सुम्पने घोषणा गर्नुभएको छ। आइतबार भएको निर्वाचनमा प्रधानमन्त्री हुन सेनका जेठा छोरा पहिलो पटक संसद्मा विजयी हुनुभएको थियो।

    सेनको कम्बोडियन पिपुल्स पार्टीले सप्ताहन्तमा भएको चुनावमा भारी जित हासिल गरेपछि यो घोषणा आएको हो। यद्यपि, पश्चिमी देश र अधिकारवादी संस्थाले निर्वाचनलाई ‘न त स्वतन्त्र न निष्पक्ष’ भनी आलोचना गर्दै निर्वाचनले देशको प्रमुख प्रतिपक्षलाई दबाएको बताएका छन्। सेन ३८ वर्षदेखि कम्बोडियाको निरंकुश नेता हुनुहुन्छ। तर चुनावअघि उहाँले आफ्नो जेठो छोरा हुन मानेटलाई अर्को पाँच वर्षको कार्यकालमा सत्ता हस्तान्तरण गर्ने बताउनुभएको थियो।

    ४५ वर्षीय मानेट हाल देशको सेना प्रमुख हुनुहुन्छ। एसियाका सबैभन्दा लामो समय सेवा गर्ने नेता सेनले एक टेलिभिजन सम्बोधनमा राजा नोरोदोम सिहामोनीलाई आफ्नो निर्णयबारे जानकारी गराएको र राजाले औपचारिकताका रूपमा सहमत भएको बताउनुभएको छ।

    आइतबारको निर्वाचनको अन्तिम नतिजा राष्ट्रिय निर्वाचन आयोगले रिपोर्ट गरेपछि आफ्नो छोरालाई प्रधानमन्त्रीमा मनोनयन गरिने सेनको भनाइ छ।कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२५ सिटमध्ये १२० सिट जित्न सफल भएको थियो। सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि उहाँ कम्बोडियाको सिनेटको अध्यक्ष बन्ने अनुमान गरिएको छ।

    विपक्षी कम्बोडियन राष्ट्रिय उद्धार पार्टी (सीएनआरपी) को चुनौतीपछि सीपीपीले २०१३ को चुनावमा मुस्किलले जित हासिल गरेको थियो। आइतबारको चुनावअघि, क्यान्डललाइट पार्टी भनेर चिनिने सीएनआरपीको अनौपचारिक उत्तराधिकारीलाई राष्ट्रिय निर्वाचन समितिले प्राविधिक कारणले चुनावमा भाग लिनबाट रोकेको थियो।

    चुनावपछि युरोपेली संघले मतदानको आलोचना गर्दै यो प्रतिबन्धित राजनीतिक र नागरिक स्थानमा सञ्चालन गरिएको थियो जहाँ विपक्षी, नागरिक समाज र मिडियाले कुनै अवरोध बिना प्रभावकारी रूपमा कार्य गर्न असमर्थ थिए भनेको थियो।

    अमेरिकाले प्रतिबन्धका बीचमा गरिएको निर्वाचनलाई आलोचना गर्दै चुनाव स्वतन्त्र र उचित दुवै नभएको बताएको थियो। त्यसपछि,अमेरिकाले प्रजातन्त्रलाई कमजोर पार्ने र विदेशी सहायता कार्यक्रम फ्रिज गर्ने व्यक्तिलाई भिसा प्रतिबन्ध लगाउने कदम चालेको थियो। सेन भियतनाम छोड्नुअघि १९७० को दशकमा नरसंहारका लागि जिम्मेवार कट्टरपन्थी कम्युनिस्ट खमेर रुजमा मध्य श्रेणीका कमान्डर हुनुहुन्थ्याो। भियतनामले १९७९ मा खमेर रुजलाई सत्ताबाट हटाएपछि हनोईद्वारा स्थापित नयाँ कम्बोडियन सरकारको वरिष्ठ सदस्य बन्नुभएको थियो।

    सेनका छोरा मानेटले युएस मिलिटरी एकेडेमी वेस्ट प्वाइन्टबाट स्नातक, न्युयोर्क विश्वविद्यालयबाट स्नातकोत्तर तथा बेलायतको ब्रिस्टल विश्वविद्यालयबाट डक्टरेट गर्नुभएको छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.