• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिरामीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रयोगशाला र मेडिकल हलमा ताला


  •    संवाददाता/ बुधबार, साउन १०, २०८०  

  • बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै बागलुङको एक प्रयोगशाला र एक मेडिकल हलमा जिल्ला प्रशासन कार्यालय बागलुङले म‌गलबार ताला लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको संयोजकत्वमा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङ, धौलागिरी अस्पताल बागलुङ, बागलुङ नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय, आन्तरिक राजश्व कार्यालय सहितको टोलिले सदरमुकामका नौ ओटा स्वास्थ्य संस्थाको अनुगमन गरेका थिए ।

    मेडिकल हलले म्याद सकिएको औषधी समेत विक्रि गर्न राखेको भन्दै सहायक प्रजिअ बरालले स्वास्थ्य जस्तो गम्भिर विषयमा समेत मेडिकल हलले गम्भिर लापरवाही गरेको भन्दै जरिवाना समेत गरिने बताउनुभयो ।

    अनुगमनका क्रममा स्थानीय तहमा दर्ता नगरी, मापदण्ड समेत नपुर्‍याई सञ्चालनमा ल्याइएको बुद्धचित्त आर्युवेद उपचार केन्द्रको प्रयोगशाला र औषधी विक्रि वितरण गर्ने अनुमति नभएको व्यक्तिले चिकित्सकको सल्लाह र अनुमति विना औषधी विक्रि वितरण गरेको भेटिएपछि प्रशासनले सविना मेडिकल हलमा ताला लगाएको हो ।

    अनुगमनका क्रममा सदरमुकामकै आशिष मेडिकल हलले पनि औषधी पसलमात्र दर्ता गरेर विरामीको चेकजाँच गरेको भेटिएपछि ५ दिनभित्र क्लिनिक दर्ता गर्न निर्देशन दिएर मेडिकल हलको बेड नगरपालिकालाई जिम्मा लगाएको छ ।

    ताला लगाएको प्रयोगशाला र मेडिकल हल लिखित सर्त बमोजिम पक्रिया पुरा नगरेसम्म नखोलिने जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    अनुगमनको क्रममा कुनै पनि स्वास्थ्य संस्था बागलुङ नगरपालिकामा दर्ता गरेको नभेटिएको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

    स्वास्थ्य उपचार गर्ने स्थान फोहोर, औषधी भण्डार गर्ने वातावरण अनुकुल नभएको, जनशक्ति व्यवस्थान र अभिलेखिकरणमा त्रुटी, आर्थिक पारदर्शिता समेत नदेखिएको भन्दै स्वास्थ्य संस्थाहरुलाई पाचँ दिनभित्र सुधार गर्न समय दिइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.