• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार भन्सालीलाई


  •    संवाददाता/ बुधबार, साउन १०, २०८०  

  • मानव अधिकार र सामाजिक जागरणको अभियानमा निरन्तर सक्रिय रही योगदान पुर्‍याएको भन्दै राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ ।

    वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको साउन ९ गते राजविराजमा सम्पन्न बैठकले २०८० का लागि नागरिक समाजका अध्यक्ष एव‍‌म् सामुदायिक सेवा केन्द्रका सल्लाहकार भन्सालीलाई सम्मानित गर्ने निर्णाय गरिएको कोषका संस्थापक बैद्यनाथ झाले जानकारी दिनु भयो । व्यापार पेशाबाट सार्वजनिक जीवन सुरु गर्नु भएका भन्साली प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि निरन्तर कटिबद्ध र क्रियाशील हुनुहुन्छ ।

    राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसंख्यक माडबाडी समुदायको अभिभावकत्व गर्दै आउनु भएका उहाँले अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्ध खरो ढंगले आवाज उठाउँदै आउनु भएको छ । नागरिकको चेतना, मानव अधिकारको संरक्षणका साथै लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नु भएका उहाँले गरिब, दिनदुखीलाई सहयोग गर्दै आउनु भएको छ ।

    भन्सालीलाई इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा आगामी साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासङ्घको भवनमा सम्मानको कार्यक्रम गरिने भएको हो । नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ विमान दुर्घटनामा काफ्लेको निधन भएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित राजविराज नगरपालिका–७ का वैद्यनाथ झाले प्राप्त गर्नु भएको नगद ५१ हजार रुपियाँबाट स्थापना गरिएको कोषमा झाकी आमा चन्द्रादेवी झाले ज्येष्ठ नागरिकका हैसियतले पाउनु भएको सामाजिक सुरक्षा बापतको ५० हजार रुपियाँ र अन्य ३० हजार रुपियाँ जम्मा गर्नुभएको छ । यसैगरी गत वर्ष मिहीर ठाकुरले २५ हजार रुपियाँ प्रदान गर्नुभई कोषको रकम १ लाख ५६ हजार रुपियाँ पुगेको छ ।

    यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषले जनाएको छ । पुरस्कारको राशी यस वर्ष बढाएर नगद ५ हजार ५ सय रुपियाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिने भएको कोषका सदस्य सचिव मनोहरकुमार पोखरेलले बताउनु भयो ।

    यो पुरस्कारबाट २०७३ सालमा चमार आन्दोलन र भूमि अधिकार अभियन्ता सुरुङ्गा नगरपालिका–४ मधुपट्टी कनकपुरका बलदेव राम, २०७४ सालमा दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अङ्गको रुपमा स्थापित छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक सम्मानित हुनु भएको थियो ।

    यसैगरी २०७५ सालमा गरिव भूमिहीन, सुकुम्बासी र दलित उत्पीडनविरुद्ध कटिबद्ध भई सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ हरीहरपुर मट्टिगढाका असर्फी सदा तथा २०७६ सालमा आधारभूत तहका जनता र पीडितहरुको न्यायका लागि मानव अधिकार रक्षकहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै अधिकारकर्मी, पत्रकार एवम् सामाजिक कार्यकर्ताका रुपमा कलम चलाउन र वकालत गर्न सक्रिय राजविराज नगरपालिका–६ का मनोहरकुमार पोखरेल सम्मानित हुनु भएको थियो ।

    राजनीतिक परिवर्तन र सामाजिक न्यायको आन्दोलनमा अविचलित रही योगदान पुर्‍याउनु हुने खडक नगरपालिका–८ की रुबी कर्णालाई २०७७ सालमा तथा दुई दशकदेखि एकल महिला समूहको नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकार संरक्षण र न्याय प्राप्तिका लागि निरन्तर सक्रिय राजविराज नगरपालिका–७ की अनीता देवकोटाालाई २०७८ सालमा सम्मानित गरिएको थियो ।

    यसैगरी बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नु भई शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पुर्‍याएकोमा राजविराज नगरपालिका–५ का ७३ वर्षीय हितनारायण लाल दास ०७९ मा सम्मानित हुनु भएको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.