• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला शिक्षा समन्वय इकाइ प्रमुखबाट सरकारी गाडीको दुरुपयोग


  •    संवाददाता/ सोमबार, साउन ०८, २०८०  

  • रुपन्देही जिल्ला शिक्षा समन्वय इकाइको सरकारी गाडी शनिबार दुरूपयोग गरेको भेटिएको छ। शिक्षा समन्वय इकाइका प्रमुख दिपेन्द्र ढकालले सार्वजनिक बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग गर्नुभएको हो।

    ढकालले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ। शनिबार बिहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुमेका ढकाल दिउँसो पाल्पाको नुवाकोटमा पुगेर दारु पार्टीमा सहभागी हुनुभएको थियो। घुमफिरमा ढकालले बा२झ १०१० नम्बरको सरकारी गाडी प्रयोग गर्नुभएको थियो।

    आफ्ना केही साथीहरु तथा निजी विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट पुगेका उहाँले स्कुलको अनुगमनमा निस्किएको र खाजा खानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिनुभयो।

    शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने ढकाललाई यसअघि पनि पटक–पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कुनै पनि सरकारी गाडी शनिबार वा सार्वजनिक बिदाको दिन प्रयोग गर्नुपरेमा अनुमति जारी गर्नुपर्ने हुन्छ। तर साउन ६ गते शनिबारका लागि कुनै पनि पास वा अनुमति जारी नगरिएको स्पष्ट पार्नुभयो।

    ढकाल अघिल्लो शनिबार बिनापास नै बुटवल सुक्खानगरमा निजी कन्सल्टेन्सी उद्घाटन कार्यक्रममा सरकारी गाडीसहित पुग्नुभएको थियो। रुपन्देही जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

    विद्यालय अनुगमनको बहानामा प्रशासनको पासबिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताउनुभयो। उहाँले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनमा बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारबाही हुने जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.