पोखराको फुस्रेखोलामा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । साउन ६ गते सनिबार साँझ ५:२० बजेको समयमा पोखरा-१७ विरौटा पावरहाउस नजिकै रहेको फुस्रेखोलामा पौडी खेल्ने क्रममा पोखरा-८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर बेपत्ता भएका थिए । खोजतलासको क्रममा करिब साढे २ घन्टा पछि नजिकै खोंचमा कुँवरलाई फेला पारिएको थियो ।
कुँवरलाई उद्धार गरि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।








