जिल्ला ट्राफिक कार्यालय कास्कीद्धारा ६ करोड ५० लाख २४ हजार राजस्व संकलन भएको छ । यो आर्थिक वर्षमा ७६हजार ४ सय ६० जना दुइपांग्रे तथा चार पांग्रे सवारी साधन कार्वाही हुँदा उक्त रकम संकलन भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सुचना अधिकारी, प्रहरी बरिष्ठ नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिनुभयो । उहाँको अनुसार गत वर्षको तुलनामा ट्राफिक नियम उलंघन गर्नेहरुको संख्या र राजस्व वढेको हो ।
गर्तवर्ष ५५ हजार ८ सय ३५ जन कार्वाहीमा परेको थियो भने, ३ करोड ८५ हजार ९२ हजार राजस्व संकलन भएको थियो । सुचना अधिकारी पाठकका अनुसार गत वर्षको तुलनामा दुर्घट्ना संख्या वढे पनि मृत्युु हुनेको संख्या कम भएको छ । यस वर्षको तथ्याङ्क अनुसार दुघट्नामा परि मृत्यु हुनेको संख्या ४४ जना रहेको छ भने, गत वर्षको तथ्याङ्क अनुसार ५५ जनाको मृत्यु भएको थियो ।
गत वर्ष सवारी दुर्घटनामा ९८ जना र यसवर्ष १ सय १७ जना रहेको छ । त्यसैगरी गत वर्ष मापसे गरी सवारी चलाउनेको संख्या ४ हजार ७ सय ६जना रहेको थियो भने, यसवर्ष ८ हजार ५ सय ३ जना रहेको छ ।
दुघट्ना न्युनीकरणका लागि जिल्ला प्रहरी ट्राफिक कार्यालयले विभिन्न खालका जनचेतनामुलक कार्यक्रमको अभियान सञ्चालन गरिएको सुजना अधिकारी पाठकले जानकारी दिनुभएको छ ।








