पोखरा । वैदेशिक रोजगारमा रहेकी तारादेबी खड्का तामाङको पहिलो गीत आज शुक्रबार युट्युब मार्फत “भेट कहिले हाम्रो” सार्वजनिक हुँदैछ ।
खोज मिडियाकि संरक्षक तारा देवी खड्का लामा बिगत धेरै बर्ष देखि वैदेशिक रोजगारमा सिलसिलामा कोरियामा छन् । उनले वैदेशिक रोजगारमा भोगेको दु:ख र आफ्नो जिवनमा भोगेको भोगाइ गित मार्फत ब्यक्त गर्न खोजिएको हो ।
शब्द गणेश बज्र लामाको रहेकोे छ भने स्वर तारा देवी खड्का लामाको रहेको छ । गणेश बज्रलामा तारा देबीका श्रीमान हुन् । उक्त गीतमा प्रकाश तितुङ संगीत तथा एरेन्ज जोगलाल लामाको रहेको छ ।
एक महिला वैदेशिक रोजगारीमा जाँदा घरमा श्रीमान्ले छोराछोरीको हेरचाह र घर व्यबहार संचालनमा आउने समस्याको बारेमा गीतले सन्देश दिन खोजेको खोज मिडियाका संचालक समेत रहेका गणेश बज्रलामाले बताए ।








