• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अस्पतालको लापरवाहीले बालकको मृत्यु, मृतक पक्षको विरोध प्रदर्शन

"मृतक पक्षको विरोध प्रदर्शन पछि अस्पतालको सेवा अवरुद्ध "

  •    संवाददाता/ शुक्रबार, असार २९, २०८०  

  • अस्पतालको लापरवाहीले बालकको मृत्यु भएकाे भन्दै विरोध भए पछि दाङकाे एक अस्पतालको सेवा अवरुद्ध भएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको लापरवाहीका कारण को घोराही उपमनपा–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारको क्रममा असार २८ गते मृत्यु भएको छ । घटनाका विषयमा मृतक पक्षले बिरोध प्रदर्शन गरे पछि अस्पतालको सेवा अवरूद्ध भएको छ ।

    छारे रोगका कारण असार २६ गते भर्ना भएका बालकको असार २८ गते विहान एमआरआई गर्न जाँदा बिरामीलाई ह्विलचेयर र अक्सिजन सिलिण्डरसहित लगेपछि ढोकाबाटै चुम्बकले तानेर एमआरआई मेसिनमा टाँसिएपछि चोट लागेर गम्भीर घाइते भएका बालकको असार २८ गते उपचारकै क्रममा मृत्यु भएको मृतककी फूपु सरिता नेपालीले जानकारी दिनुभयो ।

    ‘एमआरआई गर्ने मेसिनले ढोका खोल्नेवित्तिकै बिरामीसहित सिलिण्डर तानेर लाग्यो, त्यस्कै चोटले बिरामीको मृत्यु भयो । धातुजन्य वस्तु लैजान नहुने थाहा पाउँदा पाउँदै लापरबाही गरेर अक्सिजन सिलिण्डर लैजादा ज्यान गयो ।,’ –सरिताले भन्नु भयो ।

    प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले एमआरआई गर्ने कोठामा सिलिण्डर लैजाने त्रुटि भएपनि सिलिण्डरले बिरामीलाई कुनै चोट नलागेको र छारे रोगका कारण बिरामीको मृत्यु भएको बताउनु भयो ।

    मृतकका आफन्तले लापरवाहीले बालकको ज्यान गएको भन्दै असार २८ गतेदेखि विरोध प्रदर्शन गरिरहेका छन् । असार २९ गते प्रतिष्ठान घेराउ गरेका छन् भने घोराही लमही सडक खण्ड बिहान ११ बजेदेखि अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

    आन्दोलनका कारण प्रतिष्ठानको ओपिडी लगायतका सबै सेवा बन्द भएका छन् । अस्पतालमा भर्ना भएका बिरामीहरूको भने उपचार भइरहेको प्रतिष्ठानका रजिष्ट्रार थापाले जानकारी दिनुभयो ।

    सहमतिका लागि असार २८ गते बसेको द्विपक्षीय बार्ता असफल भएपछि असार २९ गते पुनः वार्ता सुरू भएको छ । पीडित पक्षले क्षतिपूर्ति स्वरूप २५ लाख रूपियाँ माग गरेका छन् भने सहमति नहुँदासम्म मृतकको शव नउठाउने पीडित पक्षले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.