१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बागलुङकाे निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।
त्यसैगरी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीकाे बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्रउ गरेको हो ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।








