• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सम्मानित जेष्ठ नागरिक “केशरप्रसाद” बुढापाकाहरु श्रद्धापूर्वक मेनेजर सर भनेर सम्बोधन गर्ने गर्दछन्

" सम्मानित जेष्ठ नागरिक “केशरप्रसाद” बुढापाकाहरु श्रद्धापूर्वक मेनेजर सर भनेर सम्बोधन गर्ने गर्दछन्  "

  •    अभियान हाम्रो डट कम / बुधबार, जेठ ३१, २०८०  

  • रवीन्द्र माकाजू
    पोखरा ८,
                 चिप्लेढुंगा निवासी ८२ वर्षिय केशरप्रसाद श्रेष्ठलाई पुराना बुढापाकाहरु श्रद्धापूर्वक मेनेजर सर भनेर सम्बोधन गर्ने गर्दछन् । जीवनका धेरै समय वित्तिय सेवामा आफूलाई समर्पित गरेका केशरप्रसाद श्रेष्ठ बाहिरी प्रचारमा आउन चाहँदैनन् । उनी भन्दछन्– मैले मुलुकको आर्थिक विकासमा जे जस्तो भूमिका निर्वाह गर्न पाएँ त्यसैमा म सन्तुष्ट छु ।
            वि.सं. १९९८ साल चैत्र २८ गते स्याङ्जाको सालडाँडामा जन्मिएका श्रेष्ठको बाल्यकाल निकै कष्टकर थियो । उनले स्कुलको मुहार हेर्न पाएका थिएनन् । दाजुले पढेका पुस्तकहरु घरमै बसिबसि पढ्ने गर्दथे । उनको त्यो दैनिक जीवनचर्या नै थियो । उनले स्कुल पढ्न नपाए पनि उनको मनमा ज्ञानको भोक ठूलो थियो तिव्र थियो । वि.सं. २०१३ सालमा स्वलर्जबोर्ड हाइस्कुल खोलिएको थियो भूतपूर्व सैनिकका परिवारका लागि । २०१५ सालमा भने सो विद्यालयमा सर्वसाधारणलाई पनि पढ्ने मौका मिल्यो । केशरका बुबाले उनलाई विद्यालयमा भर्ना गर्न लगे । तत्कालीन हेडमास्टर महेन्द्रसिंह थापाले केशरलाई ७ कक्षामा भर्ना गरिदिए । त्यो दिन नै केशरका जीवनका लागि अत्यन्त सुखद र महत्वपूर्ण दिन थियो । केशरले पढ्न कुनै कसर बाँकी राखेनन् । २०१९ सालमा क्ीऋ परीक्षा पास भै २०२० सलामै पृथ्वीनारायण कलेज भर्ना भए । उनले त्यसैबेला बाराही स्कुलमा पनि पढाएको सम्झन्छन्– त्यसबेला विद्यालयको हेडमास्टर धु्रवबहादुर श्रेष्ठ थिए ।
    आए.ए. पास भए पछि केशरले नेपाल राष्ट्र बैंकमा जागिर खाए । उनी कलेजमा बि.ए. पढ्दै थिए । बि.ए परीक्षा पास गरेपछि नेपाल बैंकमा सहायक मेनेजरको जागिर पाए २०२२ सालमा । २०२५ सालमा उनी पदोन्नति भै मेनेजर भए । मेनेजर भएपछि उनी धेरै ठाउँमा हाकिम भए । शुरुमा उनी स्याङ्जा, बुटवल, बाग्लुङ पुगे । त्यसपछि उनी बुटवल, पोखरा, विराटनगर पुगें । त्यहाँबाट ललितपुर, पोखरा हुँदै पछिल्लो समय भैरहवामा पुगें ।
           केशरले आफू हाकिम भएपनि ग्राहकहरुबाट कुनै नाजायज सेवा सुविधा लिएनन् । उनी सरल र सादगी भएकाले तलबबाटै जीवन निर्वाह गरे । उनी २०४९ सालमा सेवा निवृत्त भए । उनी नेपाल बैंकबाट सेवा निवृत्त भएतापनि उनको योग्यता र अनुभवको कदर गर्दै सिद्धार्थ फाइनान्सले भैरहवामा सिइओ पदमा नियुक्ति ग¥यो । उनले त्यहाँ ६ वर्ष सेवा गरें । पछि उनलाई ओम फाइनान्तसका सञ्चालकहरुले पोखरा बोलाएर संस्था हाक्ने जिम्मेवारी दिए । श्रेष्ठले कुशलतापूर्वक संस्थाको नेतृत्व लिँदा छोटो अवधिमा पनि संस्थाले सोचेभन्दा बढी प्रगति ग¥यो । ग्राहकहरु केशरको चेहरा, स्वभाव, सहयोगी भाव हेरेर बैंकमा पैसा राख्न आउँथे । केशरले पनि आफैं गई ब्याज रकम झिक्न मद्दत गर्ने, मिठो बोलीवचन, व्यवहार गरिदिँदा ग्राहकहरु सन्तुष्ट हुन्थे । ऋणीहरुलाई ऋणको सही सदुपयोग गर्न सिकाउँथे । ग्राहकलाई नगिचबाट नियाल्थे, पे्ररणा दिन्थे, मार्गनिर्देशन गर्दथे । उनको कार्यकालमा सबै ग्राहकको पनि राम्रै भयो । कसैको पनि अवनति भएन । आफ्ना कर्मचारीसँग आत्मीय व्यवहार गर्दथे, सबै खुसी थिए । उनको भलाद्मीपन, मिठो बोलीवचन देखेर कतिपयले भन्ने गर्दथे– मेनेजर यस्तो पो मेनेजर ! न अहंकार । मेनेजर होस् त केशर जस्तै ।
             उनका दीर्घ जीवनका कुनै दुःखद घटना सुन्नु परेन । अहिले उनी सुन्दैछन्– देशको अर्थतन्त्र त्यति राम्रो छैन रे ! यस कुराले उनको मन नराम्ररी दुःखेको छ । उनको ठम्याई छ– ससानै काम भएपनि काम गर्दै जाँदा सफल भइन्छ र लक्ष्यमा पुगिन्छ । मुलुक आत्मनिर्भर हुनुपर्छ ।
    ओम फाइनान्समा करिब ८ वर्ष जागिर खाएपछि उनी अहिले रिटायर्ड लाइफ बिताउँदैछन् । पारिवारिक आनन्दमा रमाइरहेका छन् । जेष्ठ नागरिक सरोकार समाज, गोपालजी मन्दिर सेवा समिति लगायतका संस्थामा आवद्धपनि छन् । मनमा ठूलो तृष्णा छैन । उनी जे जति मिल्यो त्यसलाई परमात्माको प्रसाद सम्झन्छन् । उनको परमात्मासँग एउटै प्रार्थना छ– सत्कर्म गर्दागर्दै जीवन बितोस्
                            रवीन्द्र माकाजू वाल बाट
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल
    ताजा अपडेट
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.