जयपृथ्वी नगरपालिका– ११ दैकुमलामा १६ वर्षीय अमृत रोकायाले आमाबाबुमाथि बन्चरो प्रहार गरेका हुन् । आज बिहानै घटनापछि उनी फरार भएका छन् ।
पटक–पटक झैझगडामा परेका छोरालाई सम्झाएर सुतेका बाबुमाथि सुतेकै अवस्थामा आक्रमण भएको हो ।
आमाले थाहा पाएपछि बञ्चरो खोस्न लाग्दा अमृतले आमामाथि पनि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
घाइते बाबुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कैलालीस्थित धनगढी रिफर गरिएको छ । आमाको पिठ्युमा तीन टाँक लगाइएको जिल्ला अस्पताल बझाङले जनाइएको छ । बन्चरो प्रहारपछि फरार भएका अमृतको प्रहरीले खोजी गरिरहेको छ ।








