कञ्चनपुर
पुनर्वास नगरपालिका-४ कार्कीचोकका ३० वर्षीय गणेश खड्काले आफ्नै बाबु ७१ वर्षीय धन बहादुर खड्काको हत्या गरेका हुन् । छोराले बाबुको हत्या गरेपछि खड्का परिवारमा सन्नटा छाएको छ । बाबुको हत्या गर्ने छोरा प्रहरी फन्दामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले घरायसी विवादका कारण बाबुछोराबीच झगडा हुँदा छोराले बाबुमाथि काठको चिर्पट प्रहार गर्दा बाबु धन बहादुरको मृत्यु भएको जानकारी दिए ।
७१ वर्षीय बाबुको हत्या गरेर भाग्न खोजेका गणेश प्रहरीको नियन्त्रणमा छन् । घटनास्थलमा पुगेर प्रहरीले अहिले मुचुल्का उठाईरहेको छ ।








