• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विसौं वर्ष देखि उपभोक्ता अधिकारको लागि खटेका उपभोक्तावादी कपिल नाथ कोइराला

"विसौं वर्ष देखि उपभोक्ता अधिकारको लागि खटेका उपभोक्तावादी कपिल नाथ कोइराला "

  •     अभियान हाम्रो डट कम / शुक्रबार, चैत ०३, २०७९  

  • अभियान हाम्रो डट कम
        रवीन्द्र माकाजू
            पोखरा।
                पोखराको चिप्लेढुङ्गा निवासी कपिलनाथ कोइरालाको नाम सुन्ने वित्तिकै मानिसहरु उपभोक्ताको हितमा काम गर्ने मान्छे भनेर स्वतः चिन्दछन् । विसौं वर्ष देखि उपभोक्ता अधिकारको लागि खटेका कोइराला उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष हुन् । लामो समय देखि यो क्षेत्रमा गरेको योगदान र कार्यले उनलाई उपभोक्ताको पर्यायवाचीको रुपमा स्थापित गरिसकेको छ । एउटा प्रतीक वा ब्राण्ड नै बनिसकेका कोइराला स्वयम्मा उपभोक्तावादी संस्था भै सकेका छन् ।
    तिनै कपिलनाथ उपभोक्ता मञ्चमा कसरी जोडिन आई पुगे ? उनले वेलिविस्तारपूर्वक भने –करिव २ दशक अघि मेरो घरमा जीवन तिवारी (हाल अमेरिका) भाडामा बस्दथे । जो उनी प्राइमटाइम मिडिया चलाउँथे । उपभोक्ता मञ्चका पश्चिमाञ्चल समितिका सचिव तिवारीले भने– पोखरामा उपभोक्ता मञ्च गठन गर्ने विचार गरेका छौं । तपाईले सहयोग गरि दिनु प¥यो ।
                उपभोक्ताको हितमा काम गर्ने संस्था पोखरामा खोल्दा राम्रै होला भने– भन्नुस्, मैले कसरी सहयोग गर्ने हो ? तिवारीले भने– आम उपभोक्ताको एउटा बृहत भेला गर्नुपर्ने र त्यसबाट उपभोक्ता संघ गठन गरेर उपभोक्ता अधिकारको क्षेत्रमा कार्य गर्नु प¥यो ।
    कोइरालाले ती पुराना याद स्मरण गर्दै भने– त्यस वेला केन्द्रमा हरेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष थिए भने महासचिवमा प्रेमलाल महर्जन । त्यसबेलाको केन्द्रिय समितिले मलाई भेला आयोजना गर्ने संयोजक तोकि पत्र नै पठायो । मैले आफ्नै घर परिसरमा (सिद्धार्थ लभडेल वोर्डिङ्ग स्कुल) वृहद भेला बोलाए । सोही भेलाले मेरै अध्यक्षतामा उपभोक्ता मञ्चको गठन ग¥यो । जहाँ सचिवमा पूर्णभद्र अर्याल र कोषाध्यक्षमा ध्रुव रेग्मी लगायतका साथी थिए । यसरी पोखरामा विधिवत उपभोक्ता मञ्चको जन्म भएको थियो ।
    उपभोक्ता मञ्चको जन्म त भयो तर चुनौती थुप्रै थिए । संस्थासँग कुनै बजेट थिएन । बजेट नभए पछी अफिस भाडामा राख्न सक्ने अवस्था भएन । तसर्थ आफ्नै घरमा अफिस बनाएर उपभोक्ता मञ्चलाई सक्रिय पार्दै लगे । केन्द्रले उपभोक्ता जागरण भन्ने त्रैमासिक बुलेटिन निकाल्थ्यो । त्यसमा पोखराका केही विज्ञापन छापेर सामान्य रकम जम्मा गरियो । अनि शुरुवाती चरणमा उपभोक्ता संस्था गठन भएको र सहकार्यका लागि भनेर सम्वन्धित कार्यालय र संस्थाहरुमा पत्राचार गर्ने, ध्यानाकर्षण गर्ने, ज्ञापनपत्र वुझाउने र सर्वसाधारणमा सचेतनाका लागि विज्ञप्ती जारी गर्ने जस्ता कार्यहरू गरिए । हाम्रो सक्रियताका कारण तत्कालीन उपभोक्ता संरक्षण ऐन र नियमावलीमा व्यवस्था भएको जिल्ला अनुगमन समिति र जिल्ला क्षतिपूर्ति समिति दुवैमा सरकारले हामीलाई मनोनयन ग¥यो । अनि त्यही समिति मार्फत आफ्नो गतिविधीलाई अझै सशक्त पार्दै अगाडि बढाइयो ।
           कोइरालाले थपे – जति वेला हामीले उपभोक्ता मञ्च गठन ग¥यो, त्यो बेला मानिसहरुलाई उभोक्ताअधिकार (ऋयलकगmभच च्ष्नजतक) को बारेमा थाहै थिएन । उपभोक्ता अधिकारको त कुरै छाडौं, उपभोक्ता भनेको के हो ? भन्ने सम्म थाहा थिएन । त्यस्तो परिस्थितिमा उपभोक्ता अधिकारका लागि कार्य गर्नु सहज थिएन । हामीले गरेको निरन्तरको प्रयास पछि आम उपभोक्तामा धेरै चेतना बढेको पाउँछु । उपभोक्ताको अधिकार हुँदो रहेछ भनेर थाहा पाए । मान्छेहरुले सामान खरिद गर्दा लेवल हेर्ने ःच्ए मूल्य हेर्ने, उत्पादन हेर्ने, विल, विजक लिने÷माग्ने गर्न थालेका छन् । व्यवसायीले पनि पसलमा मूल्य सूची टास्ने, नापतौलका इकाईहरु नविकरण गरेर अपडेट गर्ने, डेट एक्स्पाएर सामान छुट्याउने गर्न थालेका छन् । भ्रमात्मक विज्ञापनको प्रचार– प्रसारमा पनि कमी आएको छ । मिसावट र विषादीको प्रयोगमा न्यूनिकरण भएको पाइन्छ । त्यस्तै सरकारी निकाय पहिला भन्दा धेरै जिम्मेवार बनेको छ । केही विषय वाहेक अधिकांश उपभोक्तावादी ऐन कानुन कार्यान्वयनको अवस्था छ । मिडियाले पनि यो क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । हामीले गरेको कार्यलाई राम्रो प्रचार प्रसार गरि दिनाले सचेतनाको कुरा प्रभावकारी हुन सकेको छ । समाजमा देखिएका यिनै कुराहरु परिवर्तन हुन् ।
           महिला पुस्तकको प्रिन्टेड मूल्यमा कालो पोतेर वा स्टिकर टासेर थप अनधिकृत मूल्य राखेर विक्री गरी उपभोक्तालाई ठगि गर्ने गरिएको थियो । मैले त्यसको विरुद्धमा अभियान चलाएँ । उनीहरुलाई कारबाहीको दायरामा ल्याइयो । हाम्रो यो काम पोखराबाट शुरु भै राष्ट्रभरी नै फैलियो । परिणामस्वरुप सरकारले पुस्तकको मूल्य निर्धारण गर्ने नीति बनायो । अहिले त्यस प्रकारको ठगी ठप्प भै सकेको छ । यो उपलब्धि हो । त्यस्तै, डाक्टरहरुले बिरामी जाचेको शुल्क जथाभावी लिने गरेका आम उपभोक्ताको गुनासो पछि त्यसको लागि पनि हामीले अभियान संचालन ग¥यौं । यो कामलाई पनि राष्ट्रिय मिडियाहरुले प्रमुखताका साथ प्रचार–प्रसार गरे ।
                  फलतः चिकित्सकको परीक्षण परामर्श शुल्क सम्बन्धि निर्देशिका २०७२ आई अनुगमन भएको छ । पोखरामा बोतल खानेपानीको मूल्य रु. २५ र जारको रु. ६० मा विक्री हुँदै आएकोमा हामीले पानी उद्योगको अनुगमन गरेर त्यसको वास्तविक लागत थाहा पाएपछि बोतल बाहिर उद्योग संघ सँग वार्ताद्धारा सहमति कायम गरेर बोतल को रु. १६ र जारको रु. ५० कायम ग¥यो । हामीले थुप्रै होटल, रेष्टुरेण्ट, उद्योग, मासु पसल, किराना पसल लगायतमा गरेको अनुगमनले त्यहाँ उल्लेखनीय सुधार भएको देख्दा खुसी लाग्छ । हरिचोकमा एउटा दानमोठ उद्योग विगत २२ वर्ष देखि परम्परागत र अस्तव्यस्त तरिकाले संचालन हुँदै आएकोमा अनुगमनपछी दिएको सुझावलाई उनले कार्यान्वयन गरेर अहिले उद्योगको कायापलट भएको छ । त्यस्तै परिवर्तन एउटा घिनलाग्दो पाउरोटी उद्योगमा पनि भए । अन्य थुप्रै थुपै छन् । गणेशटोल स्थित एउटा चाउमिन उद्योगमा हामीले गरेको अनुगमनको भिडियो युट्युवमा ३२ लाखले हेरे । २६५०० ले शेयर गरे । अनुगमनको भिडियो पनि हजारौंले हेर्नु ठूलो कुरा हो । यो कुनै मनोरज्ज हैन, प्रायः एकपटक हेरेपछी फेरी खासै हेरिदैनँ । उपभोक्ताको चासो महत्वपूर्ण हो । तरकारी, फलफूल र मासुजन्य वस्तुमा आकाशिएको महंगीलाई नियन्त्रण गर्न पनि हामीले बारम्बार प्रयास ग¥यौं । पटक–पटक मूल्य पनि घटाइयो तर यी नाशवान वस्तुको मूल्य तलमाथी भै रहने हुँदा सोचे जस्तो परिणाम प्राप्त गर्न गाह्रो भयो ।
                                                       (रबीन्द्र माकाजूको वाल बाट जस्ताको तेस्तै साभार)
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.