रबीन्द्र माकाजू
पोखरा ।
भनिन्छ – विद्वानको सर्वत्र पूजा हुन्छ । विद्वानहरु कुनै भूगोल भित्र बाधिएको हुन्नन् भन्ने सन्देशका वाहक बनेका हुन् – कवि दुर्गाबहादुर शाह “बाबा” । जो पोखराका एक स्थापित साहित्यकार मानिन्छन् । अझ विशेष गरी अन्तराष्ट्रिय नेपाली साहित्य माझ (अनेसास) गण्डकी प्रदेशका अध्यक्ष शाहको सम्बन्ध विशवका कुना कुनामा सक्रिय अनेसासको च्याप्तरसँग रहेको छ । पोखरा र वरिपरि रहेका साहित्यकारहरू पोखरा आउँदा साहित्यिक गतिविधिको संयोजन गर्ने जिम्मा प्रायः अध्यक्ष शाह कै हुने गर्छ । अत्यन्त सरल, मिलनसार, सहयोगी शाह पनि यस्ता साहित्यिक गतिविधि आयोजना गर्न कत्ति झिजो मान्दैनन् । झनै खुसी मान्दछन् ।
वि.सं. २०१७ श्रावण १५ गते स्याङ्जाको ठूलाडिहीमा जन्मिएका दुर्गा बहादुर शाहको रचनाहरुमा कविता, गीत, गजल बढी छन् । उनले शुरुमा समयले कोरेको रेखाहरु ०६३ (लेख संग्रह) ०६४ मा गौरव एल्वम (गीत संग्रह) ०६६ मा दुई हरफ कविता संग्रह प्रकाशित छन् ।
उनले म्यूजिक नेपालको बजार व्यवस्थापनमा मित्रराष्ट्र श्रीलंकाका सुप्रसिद्ध गायक एवं संगीतकार डा. प्रर्वातनिलन्त पेरिसको स्वर र संगीतमा आफ्ना रचनालाई गिती एल्वम नेपा.श्री निकाले । यस कार्यले उनी निकै चर्चित भए । त्यहाँका संस्कृति मन्त्रालयले उनलाई सम्मान गर्यो । शायद राज्यस्तर बाटै सम्मानित हुने पहिलो नेपाली साहित्यकार बन्न पुगे शाह । उनलाई पिस पोयटको उपाधि दिएको थियो । शाहका साहित्यिक योगदानको उचित मूल्याङ्कन पनि भएको छ । उनी अन्नपूणर् म्यूजिक अवार्ड ०६५ ठकुरी कलाकार सम्मान ०६६ ऋषिराम रानाभाट प्रतिभा पुरस्कार ०६७ सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान सम्मान ०६८, र्याण्डम रिडर्स सोसाइटी सम्मान ०७१ ज्योति साहित्य सम्मान ०७२ राष्ट्रिय शालिन ०७३ गजल साँझ सम्मान ०७४ लगायतमा थुप्रै मानपदकी हात पारेका छन् ।
नेपाःश्री कसरी तयार भयो ? श्रीलङ्कामा यो सिर्जना कसरी पुग्यो ? भन्ने प्रश्नमा बाबा भन्दछन् – म श्रीलंका दोस्रो पटक कार्यालयको कामको शिलसिलामा जादा एकल कविता वाचन गर्ने वातावरण मिलाउन श्रीलंकाकै मित्र डा.मुथिअहरिहरनलाई आग्रह गरे । वहाँ र मेरो पहिलो भेट बैंककै कामको शिलसिलामा थाईल्याण्डको एशियन टेक्निकल इन्स्टिच्युटमा भएको थियो । त्यति वेला पनि थाइल्याण्डमा गीतसंगीतमा हामी दुवै पारखी भएकाले मैले एउटा भिडियो क्यामरा किनेर म गीत गाउने, वहाँ खिच्ने गर्नुहुन्थो । बडो रमाइलोसँग हाम्रो दोस्ती बस्यो । त्यही भएर मैले दोस्रो पटक श्रीलंका जाँदा वहाँसंग कुराकानी गरेर एकल कविता वाचन कार्यक्रम गरियो । सो कार्यक्रममा गायक एवं गीतकार डा. प्रवाथनिलन्त पनि आउनु भएको थियो ।
दुर्गा शाह “बाबा” कवि मात्रै नभई गीतकार पनि हुन् भनेकाले कार्यक्रम सकिएपछि डा. प्रवाथले मेरो यूट्यूवको गीत सुन्नु भयो र भन्नुभयो – शाहजी तपाईं गीत लेख्नु म गाउँछु । संगीत र रेकर्ड पनि म गर्छु । मैले हुन्छ भनँे । अनि हामी अगाडि बढ्यौँ । नेपाःश्री आधुनिक गीति एल्वम -२०७१ सार्क राष्ट्रका दुई स्रष्टा म दुर्गाबहादुर शाह “बाबा” को रचनामा श्रीलंकाका सुप्रसिद्घ गायक तथा संगीतकार डा. प्रबाथनिलन्त पेरिसको स्वर र संगीतले भरिएको संयूक्त नेपाली आधुनिक सांगीतिक एल्बम नेपाःश्री ९लभउब(कचभभ० हो । सम्पूणर् गीत श्रीलंकामै रेकर्ड गरिएको यस एल्बमको सम्पूणर् बजार व्यबस्थापन म्यूजिक नेपालले गरेको छ । नेपाःश्री एल्बम नेपालका लागि श्रीलंका महामहिम राजदूत सिने.भि. रत्नले पोखरा उद्योग बाणिज्यहलमा आयोजित कार्यक्रममा विमोचन गरेका थिएँ । यो एउटा सांगीतिक क्षेत्रमा सार्क राष्ट्रका दुइ स्रष्टाले गरेको पहिलो ऐतिहासिक कार्य भन्दै राजदूत सिने.भि.रत्नले मलाई रिनाउन पिस पोयटवाट काठमाण्डौमा सम्मान पनि गर्नु भएको थियो । बाबाले थपे – नेपाःश्री एल्वमका गीतहरूबारे संसार भरी जानकारी भयो, श्रीलंकाको राष्ट्रिय पत्रपत्रिकाले हाम्रा वारेमा ऐतिहासिक सिर्जना भनेर प्रशंसा गर्यो । मन्त्रीस्तरीय सार्क सम्मेलन पोखरामा हुँदा श्रीलंकाका परराष्ट्र मन्त्रीले मलाइ आफैले वोलाएर राम्रो काम भनेर आधा घण्टा समय दिनु भयो । शान्तिका अग्रदूत भगवान बुद्ध जन्मेका नेपालका श्रष्टा दुर्गा शाह बाबा भन्दा देश र विदेशमा मेरो सिर्जनाको परिचय पाउनु भनेको नेपाल र नेपालीको गौरवको विषय हो ।
याण्डम रिडर्स सोसाइटीमा संस्थापक उपाध्यक्ष शाहका साहित्यिक यात्रामा आफ्नै रोचक कहानी छन् । उनले ०४० सालमा गोर्खापत्रमा सम्पादक चिठ्ठी लेखेर लेखकका यात्राको श्रीगणेश गरे । उनले वि.सं. २०५४ सालको मिर्मिरे पत्रिका १४४ पूणर्ाङ्कको भदौ अंकमा पहिलो कविता छापे । पोखराको जरेवरमा बसोवास गर्दै आएका “बाबा” नेपालराष्ट्र वैंकका पूर्व अधिकृत हुन् भने अहिले कस्केली अधिकृत समान लगायत थुप्रै संस्थामा आवद्ध छन् । उनले थुप्रै साहित्यिक कृति कोरेका छन् भने जर्मन, जापान, बेलायत, बेल्जियम, फ्रान्स, थाइल्याण्ड, श्रीलंका आदि मुलुकको भ्रमण गरेका छन् ।
(रबीन्द्र माकाजूको वाल बाट जस्ताको तेस्तै साभार)








