मेरि आमा अनभिज्ञ छिन
के हो आठ मार्च
के हो नारी दिवस
आमा संगै
एक हुल नारिहरु
सदा झैं वन र पाखामा
मस्त छन आफ्नै भाकामा
ब्यस्त छन मेलापातमा
सजिएर आ-आफ्नै भेषमा
आमा र भाउजुहरु
बैजनी रङ्गको चोलिमा
गाडा हरियो साडिमा
बाह्र हाते सेतो पटुकिमा
त्यसैगरी बहिनिहरु
बैजनी रंगकै कुर्तामा
हरियो रङ्गको सुरुवालमा
सेतो सल घाँटिमा
हराइरहेका छन
आफ्नै दुनियाँमा
आजकै दिन उता शहर मा
नारिहरु जुलुसमा
नाराहरु लाउँदैछन
अधिकारको कुरा गर्दैछन
बैजनी,हरियो र सेतो रङ्ग्को
झन्डाहरु फहराउँदैछन
हाम्रो शहरका चेलिहरु
शताब्दी पछि
संगठित हुन खोज्दै छन
त्यसरिनै
हाम्रो गाउँतिर
झिलिमिली झन्डा बोकेर
घरको धन्दा छोडेर
कहिले नारा लगाउलान?
संगठित कहिले बन्लान?
लैंगिक समानताको
आवाज कहिले घन्काउलान!
बिकास लुङ्गेली
२०७९/११/२४/पोखरा








