• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अहिले८० टेक्दैगर्दा पनि पत्रकारिता प्रतिकोकलम चलाउन झिजो मान्दैनन् :अग्रज पत्रकार तिलकमान गुभाजू

"अहिले८० टेक्दैगर्दा पनि पत्रकारिता प्रतिकोकलम चलाउन झिजो मान्दैनन् :अग्रज पत्रकार तिलकमान गुभाजू "

  •    अभियान हाम्रो डट कम / आइतबार, फागुन २१, २०७९  

  • रवीन्द्र माकाजू
    पोखरा
             पोखरामा तिलकमान गुभाजूलाई धेरैले वरीष्ठ पत्रकारका रूपमा पनि चिन्ने गर्दछन् । वि.सं. २००० सालमा पोखराको मोहरिया टोलमा जन्मिएका गुभाजू बाबु सन्तमानको पुख्र्यौली सुन व्यापारमा भन्दा पनि शिक्षाक्षेत्र र पत्रकारितामा नै रमाए । अहिले ८० टेक्दा पनि सक्रिय छन् पत्रकारितामा । हुन त उनीले २०२५ सालतिर पोखराबाट प्रकाशित नेपाल पर्यवेक्षक साप्ताकिमा संलगन थिए । त्यसबेला त्रिभुवन शर्मा र नीलकण्ठ शर्माले प्रजातन्त्रको पक्षमा आवाज बुलन्द गर्ने हेतुले पत्रिका प्रकाशन गर्न खोजेका थिए । गुभाजूले पत्रिकाको लागि आवश्यक कार्य सबै गर्दथे तर पत्रिकामा नाम भने राख्न चाहेनन् । पत्रिका गती नलिएपछि राजधानीबाट प्रकाशित राष्ट्रपुकार साप्ताहिकको रिर्पोटर भएर प्रजातन्त्रका पक्षमा समाचार पठाउँन थाले गुभाजू ।
         नेपालमा भएको पहिलो आमनिर्वाचन (२०१५) मा तिलकमानले स्कुल पढ्दै गर्दा मतदाता शिक्षा प्रदान गर्न गाउँगाउँ पुगेका थिए । उनले २०२० साल एस.एल.सी परिक्षा दिनासाथ पर्वतको आर्थर र राम्जामा हेडमास्टर हुन पुगे । उनी राम्जाको पशुपति माध्यमिक विद्यालयका संस्थापक हेडसर हुन् । एस.एल.सी पास गर्नासाथ पृथ्वीनारायण कलेजमा भर्ना भए । उनीसँग कलेजका लागि बाँस र रबर बोकेको स्मृति ताजा छ । उनले साथीहरुसँग मिलेर आदर्श पुस्तकालय खोले । उनलाई पुख्र्यौैली सुन पेशा मन परेन । बरु राजनीति र शिक्षाक्षेत्र मन प¥यो र थप अध्ययन गर्न तर्फ लागे । उनले पृथ्वीनारायण कलेजमा बि.ए पढाइ पूरा गरेपछि पोखरा व्यापार संघमा जागिर खाए । उनको सम्बन्ध नेपाली काँगे्रसका नेताहरु मिनबहादुर गुरुङ, पे्रमबहादुर कुँवर, धिरबहादुर गुरुङ आदिसँग थियो । तारानाथ रानाभाट, खेमराज पौडेल, निलकण्ठ शर्मासँग विशेष भेटघाट भइरहन्थ्यो । तिलकमानहरु तरुणदलका गतिविधिलाई बढाउन तर्फ लागेका थिए । त्यसबेला पार्टी प्रतिबन्धित अवस्थामा भएकाले खुल्ला वातावरण थिएन । तैपनि प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने काम तिलकमान गुभाजूबाट भइरहेको पोखरा महानगर पालिकामा पूर्व मेयर भोला थापा बताउँछन् ।
          पोखरा व्यापार संघ (हाल पोखरा उद्योग वाणिज्य संघ) को जागिरबाट रिटायर्ड भएपछि २०३९ साल पर्यवेक्षक साप्ताहिक प्रकाशन गर्न शुरु गरे । जुन पत्रिकामा पद्यशरण रेग्मी, हुमाकान्त पाण्डे, नारायणदत्त नेपालले आफ्ना विचार पोख्ने गर्दथे । उनको पत्रिका पञ्चायती सरकारको आँखाको तारो बन्न पुग्यो । सरकारले एकैपटक १७ वटा पत्रिकालाई बन्द गर्ने निर्णय गर्दा पर्यवेक्षक साप्ताहिक पनि मारमा पर्न गयो । ०४६ सालको आन्दोलन पछि उनले पुनः पत्रिका प्रकाशन गरे । ०५२ सालमा उनको पत्रिकाले संयुक्त राष्ट्रसंघको स्वर्ण वर्ष विशेषाङ्क निकाल्दा प्रथम पुरस्कार हात पा¥यो ।
          जन्मजात बौद्ध परिवारमा जन्मिएकाले उनी बुद्ध विहार गइरहन्थे । उनको सम्पर्क भिक्षुहरूसँग हुन्थ्यो । बौद्ध धर्मकाबारे सोधखोज गर्दै गए । उनले धर्मचक्षु (बौद्ध मासिक) पत्रिका धेरै वर्ष प्रकाशित गरे । धर्मशीला अनागरिका, के बुद्ध धर्म हिन्दु धर्मको शाखा हो र ? लगायत थुप्रै पुस्तक प्रकाशन गरे । बुद्ध धर्म सम्बन्धी पुस्तक प्रकाशन र योगदानको कदर गरी बुद्धजयन्ती समारोह समिती, धर्मोदय सभा लगायतका संस्थाले उनलाई सम्मानपत्र दिएको छ भने पत्रकारिताका लागि दयाशंकर स्मृति पत्रकारिता पुरस्कार प्रदान पनि गरिएको छ ।
    अत्यन्त मिलनसार, मृदुभाषी, बौद्धिक व्यकित्त्वका धनीका रूपमा परिचित वरिष्ठ पत्रकार तिलकमान अहिले ८० टेक्दै गर्दा पनि पत्रकारिता प्रतिको मोह र निष्ठा त्याग्न सकेका छैनन् । सधैं कलम चलाउन झिजो मान्दैनन् ।
                          (रबीन्द्र माकाजूको वाल बाट जस्ताको तेस्तै साभार)
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.