• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रपतिबाट आममाफी पाएकासहित चोरी तथा डाँका मुद्दामा पक्राउ : दिउसो घरको रेकी, रातमा चोरी

"राष्ट्रपतिबाट आममाफी पाएकासहित चोरी तथा डाँका मुद्दामा पक्राउ : दिउसो घरको रेकी, रातमा चोरी  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन ११, २०७९  

  • जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी गर्ने समूहलाई पक्राउ गरेको प्रवक्‍ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।

    पक्राउ पर्नेमा पाँचथर घर भई गोकर्णेश्वरका सुनचाँदी व्यवसायी ४३ वर्षीय राजकुमार योङ्या लिम्बू, धनकुटाका ३८ वर्षीय जीवन मगर, मकवानपुरका ४२ वर्षीय रेशम रूम्बा, धादिङका ४३ वर्षीय सागर तामाङ, सिन्धुपाल्चोकका पेम्बा लामा र मुस्ताङका डिमा वाङ्दी गुरूङ छन्।

    लामा र गुरूङले चोरीका सामान किन्ने गर्ने गरेको एसपी रिजालले बताए।

    प्रहरीले उनीहरूलाई गत सोमबार पक्राउ गरेको हो।

    काठमाडौंको बौद्धस्थित फूलबारी बस्ने ४९ वर्षीय सङ्गे लामाको घरमा र ललितपुर पाटनका सुजन शाक्यको बौद्ध स्तुपास्थित सुन चाँदी तथा विभिन्न धातुका ह्यान्डीक्राफ्टस् पसलमा चोरी भएको थियो।

    लामाको घरमा गत पुस ७ गते बिहान १ बजे चोरी भएको थियो। घरको पूजा कोठाको ग्रिल फुटाएर सुनका गरगहना, चाँदी लगायत विभिन्न पूजाका सामान अन्दाजी ४२ लाख बराबरको सामान चोरी भएको एसपी रिजालले बताए।

    त्यस्तै, फागुन १ गते बिहान साढे २ बजे बौद्ध स्तुपामा रहेको शाक्यको पसलमा चोरी भएको हो। उनको पसलबाट साढे ३५ लाख बराबरको सामान चोरी भएको थियो।

    प्रहरीले उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। यसको थप अनुसन्धान प्रहरी वृत्त बौद्धबाट भइरहेको परिसरले जनाएको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले चोरी गर्नुअघि रेकी गर्ने गरेको खुलेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.