• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बहुविवाह गरे दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने वडाध्यक्षले आफैले गरे बहुविवाह


  •    संवाददाता/ शनिबार, फागुन ०६, २०७९  

  • जुम्ला : वडामा कसैले बहुविवाह गरे दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने वडाध्यक्षले नै बहुविवाह गरेका हुन्। जिल्लाको तातोपानी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष विशाल खड्काले बहुविवाह गरेका हुन्।

    बहुविवाह गरेमा वडामा दर्ता समेत हुँदैन। बहुविवाह गरेमा स्वतः रद्द हुने कानुनी व्यवस्था समेत छ।

    खड्काले घरमा पत्नी र छोराछोरी हुँदाहुँदै दोस्रो बिहे गरेका हुन। उनीकी जेठी श्रीमती कमला खड्काबाट १३ वर्षका एक छोरा र ५ महिनाकी छोरी छन्। उनका अनुसार वडाध्यक्ष खड्काले जनयुद्धमा उनीभन्दा पहिला एक श्रीमती बिहे गरेका थिए। त्यताबाट १७ वर्षीय छोरा समेत छन्।

    त्यस्तै कास्की जिल्लाको मादी गाउँपालिका–८ माइती भएकी ३३ वर्षीया वडाध्यक्ष खड्काकी श्रीमती कमला खड्काले भनिन्, ‘तातोपानी–६ कै अम्बिका न्यौपानेबाट छोरा जन्माएर न्वारन समेत गरेको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल छ।’

    खड्का माओवादी केन्द्रबाट टिकट लिएर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनी २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि सोही वडाका वडाध्यक्षमा निर्वाचित भएका थिए।

    उनकी श्रीमती कमलाले भन्छिन्, ‘उनको त्यो युवतीसँग सम्बन्ध छ भन्ने हल्ला तीन वर्षअघि सुनेकी थिएँ। उनले त्यो हल्ला झूटो भएको बताउँदै आएका थिए। अहिले त्यो अम्बिका न्यौपानेबाट छोरा जन्माएर न्वारन समेत गरेको भिडियो बहिरियो।’

    त्यो युवतीले मेरो श्रीमान् भनेर सामाजिक सञ्जालमा फोटा राखेको पाइएको छ। उनकी श्रीमती खड्काले चन्दननाथ–४ हस्पिटल ल्याइमा होटेल व्यवसाय गर्दै आएकी छन्।

    मुलुकी अपराध संहिता (दफा १७५ को उपदफा ४) ले बहुविवाहलाई अपराध मानेको छ। उक्त अपराधको कसुर हेरेर १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय र १० हजारदेखि ५० हजार रुपैयाँ जरिवानासमेत तोकेको छ। सार्वजनिक पदमा बस्नेलाई अझै बढी सजाय हुन सक्छ। उनले तातोपानी–६ धौलापानीकी अम्बिका न्यौपाने नामकी युवतीसँग दोस्रो विवाह गरेका हुन्।

    वडाध्यक्ष विशाल खड्कालाई यो विषयमा फोनमार्फत सोध्न खोज्दा कुनै प्रतिक्रिया दिएनन्। उनले भेटेर कुरा गर्ने बताए। उनीसँग दोस्रो विवाह गरेकी भनिएकी अम्बिका न्यौपानेले जन्मिएको बच्चाको फोटा र वडाध्यक्षको फोटो फेसबुकको प्रोफाइलमा राखेकी छन्।

    तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विशालविरुद्ध उजुरी नआएको बताए। उनले भने, ‘हल्ला सुनेको थिएँ तर आधिकारिक जानकारी छैन।’

    त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले उजुरी आएको खण्डमा कानुनी रूपमा अघि बढ्ने बताए। जनप्रतिनिधिहरूले यस्तो कार्य गर्नु गम्भीर अपराध भएको महिला अधिकारकर्मीले बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.