• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बैठकमा जब रास्वपा पार्टी फुटको चर्चा चल्यो


  •    संवाददाता/ बिहिबार, माघ १९, २०७९  

  • १९ माघ, काठमाडौं ।

    बिहीबार दिउँसो फेसबुकमा लेख्दा रवि लामिछाने ‘अभिमन्यु’ नबन्ने झोंकमा थिए । धेरैपछि बसेको रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा छिर्दै गर्दा त्यो झोंक मत्थर भइसकेको थियो ।

    संयुक्त बैठकमा पार्टी सभापति रविले सुरुमा संक्षिप्त बोले, ‘आज तपाईंहरुको कुरा सुन्छु । अरु बेलाजस्तो दुई मिनेटमा बोलिसक्नुपर्ने नियम आज छैन । तर सकभर छोटोमा राख्नुहोस् ।’

    राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने आम चर्चाका बीच सुरु बैठक हलबाहिर जम्मा भएका मिडिया र सर्वसाधारणको ठूलो भीड छिचोल्दै भित्र छिरेका प्रत्येक नेताहरुले आज बोलेका थिए ।

    केही नेताहरुले नरम र परोक्ष भाषामा सरकार नछाड्दा नै राम्रो सन्देश जाने बताए पनि अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले प्रचण्ड विगतको सहमतिबाट पछि हट्न खोजेको भन्दै उनलाई सबक सिकाइदिनुपर्ने लाइनमा थिए ।

    बीचमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका फोन रिसिभ गर्नेबाहेक रवि एकाग्र भावमा सहभागी नेताहरुका कुरा सुनिरहे ।

    पार्टी उपसभापति तथा श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले पार्टीलाई सही बाटोमा हिँडाउन सबै पदाधिकारी, सदस्यको बराबर भूमिका हुने भन्दै त्यसभन्दा आफ्नो छुट्टै कुरा नभएको संक्षिप्त वक्तव्य दिए ।

    महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले भने केही दिनयता भएका भेटघाट तथा कुराकानीको फेहरिस्त सुनाउँदै आफ्नो दललाई नियोजित रुपमा कर्नर गर्न खोजिएकाले रणनीतिक कदम चाल्न आवश्यक भएको बताएका थिए ।

    उनले गृहमन्त्री नपाउने अवस्थामा सरकार छाड्दा नै उचित हुने भन्दै भिन्न कोणबाट बाहिर टिप्पणी नगर्न अरुलाई आग्रह पनि गरे । उनले मिडियामा को–को कसरी बोलिरहेको छ भन्ने कुरालाई आफूले नियालिरहेको भन्दै घुमाउरो भाषामा चेतावनी पनि दिए ।

    आफ्नो बोल्ने पालोमा सांसद तथा केन्द्रीय सदस्य सोविता गौतमले आफूले बाहिरी चर्चाहरुमा पार्टी फुट्दैछ भनेर सुनेको भन्दै असन्तुष्टि जनाइन् । ‘रास्वपा फुट्दैछ भनेर हल्ला चलाइएको छ, तर पार्टी फुट्ने आधार छ कि छैन भनेर कसैले केलाएर हेरेको छ ?’ उनले प्रश्न सोध्दै व्याख्या गरिन्, ‘राजनीतिक दलसम्बन्धी ऐनको धारा ३३ को दफा २ र ३ हेर्नुहोस् । दफा २ ले फुट्न सक्ने आधार दिएको छ । तर दफा ३ ले पार्टी दर्ता भएको ५ वर्ष पुगेपछि मात्रै फुट्न सम्भव हुन्छ ।’

    उनले फेरि सोधिन्, ‘हाम्रो पार्टी दर्ता भएको कति भयो ?’

    प्रश्नमै जवाफ सन्निहित थियो । सात महिनाअघि गठित रास्वपा फुट्नुको राजनीतिक औचित्य र कानुनी आधार दुवै पुष्टि नहुने भन्दै उनले पार्टीभित्रका मतभेदहरुलाई रचनात्मक र वैधानिक बाटोबाट अघि बढाउन आग्रह गरिन् । उनले पार्टीभित्र प्रभावकारी सञ्चार र पारदर्शिताको वकालत गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

    बैठकपछि अनलाइनखबरसँग संक्षिप्त टिप्पणी गर्दै गौतमले अहिले आफ्नो पार्टी फुट्दै नफुट्ने भएकाले यसतर्फ चासो र चिन्ता व्यक्त गर्नुको कुनै अर्थ नहुने तर्क गरिन् ।

    ‘बाहिर आएका हल्लाहरुबारे मैले संकेत गरेकी हुँ, तर पार्टी नै फुट्न लाग्यो भन्ने अर्थमा पटक्कै होइन,’ उनले भनिन्, ‘अहिले विभिन्न कोणमा हाम्रो बारेमा बाहिर कुरा उठेका छन् । तर पार्टीले सही र आवश्यक राजनीतिक निर्णयहरु मात्रै गरेर अघि बढ्छ ।’

    अर्की नेता निशा डाँगीले सरकारबाट निस्कन हतार नगर्न आग्रह गरिन् । गृह मन्त्रालय आफ्नै भएकाले रास्वपाले नै पाउनुपर्ने उनको तर्क थियो ।

    ‘सरकारको बारेमा छरपष्ट धारणा आएको थियो, के कसो गर्ने भन्नेमा स्पष्ट निर्णय भएको छैन’, उनले बैठकपछि भनिन्, ‘मैले अहिले सरकार छाड्नेमा हतार नगरौं भन्ने राय दिए । सभापतिले दुई दिनको समय माग्नुभएको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.