• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कमरेड सतिसाल द्वारा रचित कबिता “अन्तिम इच्छा “


  •    संवाददाता/ शनिबार, माघ १४, २०७९  

  • अभियान हाम्रो डट कम
    २०७९/माघ /१४  पोखरा ।
    मलाई अब आम कविता भई जन्मिनु नै छैन
    तिम्रा कवि गर्भाशयमा
    तिम्रै डरपोक चेतनाका निबले छादेका
    कमसल शुक्रकिटहरूद्वारा
    जन्माइसकेका छौं मलाई
    हजारौं हजार पटक
    बनाएर निष्प्रभावी कविताहरू
    मलाई फेरि अर्को पटक
    निष्प्रभावी कविता भई जन्मिनै मन छैन ।
    मलाई
    भावुक, शालीन , मार्मिक, हृदयविदारक…
    आदि आदि नानाथरी भई जन्मिनु पनि छैन ।
    मलाई पढ्दा/सुन्दा
    ढोङ्गीहरूले गोहीआँसु खसाउँने बन्नु छैन
    जडवत् ढुंगाहरू जस्ताका भावुकता हेर्नु छैन
    वाह वाह…….
    मेरै विद्रोही कौमार्य लुट्ने
    बलात्कारी आवाज जस्तो लाग्छ ।
    खादा, माला…..
    मेरै लागि तयारी पासो जस्तो लाग्छ ।
    पुरस्कार, सम्मान…..
    मेरै देहको खुल्ला व्यापार जस्तो लाग्छ ।
    मलाई फेरि
    पितृसत्ताले सुन्दर देख्ने भोग्या हुनु छैन ।
    मलाई फेरि
    दलाल व्यवस्थाको दलाली पासोमा फस्नु छैन ।
    ओ कवि !
    तिमीले चाहे जसरी
    तिम्रै क्षणिक तुष्टिको लागि
    भो नजन्माऊ अब मलाई असामयिक ।
    ओ कवि!
    मलाई मेरै इच्छामा त्यो समय यसरी जन्माऊ
    म नै यो व्यवस्थाको अन्तिम कविता बन्न सकूँ ।
    म पूर्ण भई जन्मिदा
    नाचून् छमछमी प्रकृति
    जोडले सुसेलून् आफ्नै लयमा नदी-नाला ।
    बनोस् अझै उचो
    सबै झण्डाहरू र हिमालका शिरहरू ।
    सगर्व नाँच्न सकूँन् आन्तरिक राष्ट्रियताहरू
    मेरै जन्मपछि
    आउनै नपरोस् धर्तीमा फेरि फेरि
    कुनै असन्तुष्ट
    भूकम्प, शुनामी, ज्वालामुखीहरू ।
    म चाहन्छु
    म यसरी जन्मूँ
    मेरो जन्मपछि
    उफ्रनै नपरोस् सडकको छातीमा कुनै
    नारा-जुलुस, आक्रोश, मूर्दावादहरू ।
    मेरो जन्मको खुशीमा
    नाचोस् सिङ्गै भूगोल
    छमछमी बाँडेर इन्द्रेणी रंगहरू ।
    ओ कवि !
    मलाई यसरी जन्माऊ कि
    मेरो जन्मले,
    परपीडकको सातो नफर्किने गरि जाओस् ।
    मेरो जन्मले,
    शोषक-सामन्तहरूका होशहवास उडोस् ।
    मेरो जन्मले,
    वर्ण-भेदहरू
    वर्ग-भेदहरू
    दलनहरू
    बहिष्करणहरू
    ऐया-आत्थु हुँदै हतारमा पुगून् संग्राहलय ।
    मेरै जन्मले मुस्कुराउन सकोस्
    -कलेटी परेका ओठहरू
    -धाजा फाटेका कुर्कुचाहरू
    -प्रवास हिँडेका पाइतालाहरू
    – अस्ताउनै लागेका सेता घामहरू
    – छुनासाथ अचल बनेका पानीहरू
    ओ कवि !
    मलाई यसरी जन्माऊ अब अन्तिम पटक
    ता कि मेरै कलात्मक जन्मले बदलियोस्
    सिङ्गै भूगोलमा खियाग्रस्त बूढो व्यवस्था
    ओ कवि !
    मेरो अन्तिम इच्छा अनुरूप
    सक्दैनौ भने मलाई जन्माउन
    गर स्थायी बन्ध्याकरण
    तिम्रो कवित्वको कमसल पाठेघर
                                                             *********
                                         कमरेड सतिसाल, भरतपुर-११, चितवन       वाल बाट
                                         हाल : आबुधाबी, संयुक्त अरब इमिरेट्स
                                         लाइक ‘,कमेन्ट ,शियर , पनि गरि दिनु होला
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.