• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रचण्डलाई विश्वासको मत दिनुस् – जनार्दनले देउवालाई भेटेर भने

"प्रचण्डलाई विश्वासको मत दिनुस् - जनार्दनले देउवालाई भेटेर भने "

  •    संवाददाता/ शुक्रबार, पुष २२, २०७९  

  • नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा धुम्बाराही पुगेका थिए । देउवा प्रधानमन्त्री हुँदा शर्मा विश्वासिला अर्थमन्त्री थिए । डेढ वर्षकाे सहकार्यले देउवा-शर्माको सम्बन्ध निकै राम्रो छ । भेटमा के-के कुराकानी भयो भन्नेबारे विस्तृत कुरा बाहिर आइसकेको छैन ।

    भेटमा उपमहासचिव शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको देउवानिकट केन्द्रीय सदस्य नैनसिंह महरले शिलापत्रलाई बताए ।

    उनले भने, ‘बुधबार जनार्दन शर्माले सभापतिज्यूलाई भेट्नु भएको थियो । भेटमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने प्रस्ताव गर्नुभयाे । सभापति देउवाले सकारात्मक जवाफ दिनुभएको छ । आवश्यक परे कांग्रेसले समर्थन गर्न पनि सक्छ ।’

    ‘बुधबार सभापति र शर्माको भेटवार्ताले पनि यो सरकारप्रति सभापतिज्यू सफ्ट हुनुहुन्छ । माओवादी कांग्रेस एक-अर्काको सहयोगले चुनाव जितेका हौँ । हाम्रो भोटले माओवादीले सरकारको नेतृत्व गरेको हो ।  तलका कार्यकर्ता अहिले पनि माओवादीसँग गठबन्धन भत्काएकोमा असन्तुष्ट नै छन् । त्यही भएर यो सरकारलाई समर्थन गर्न कांग्रेसलाई कुनै अप्ठ्यारो छैन ।’

    नेपाल पत्रकार महासंघसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनका नेताहरूसँग समेत आफ्नो राम्रो छलफल चलिरहेको र सम्बन्ध सुमधुर नै रहेको प्रतिक्रिया दिएको सहभागी एक पत्रकारले बताए । प्रधानमन्त्री प्रचण्डलाई अहिले नेकपा एमाले, रास्वपा, जसपा, राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् । प्रचण्ड सात दलको समर्थनमा १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.