• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमाले उम्मेदवार शंकरपोखरीमा नागरिकको तिर्खा मटाउन एमालेकै सरकार आवश्यक मतदाता


  •    संवाददाता/ शनिबार, कार्तिक २६, २०७९  

  • आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गर्दा पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा जुटेका छन् । नेकपा एमाले पर्वतको चुनावी सभा शुक्रवार फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा सम्पन्न भएको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्याल सहित केन्द्र, प्रदेश, जिल्ला र नगरस्तरका नेताहरुले शंकरपोखरीका विभिन्न टोल र बस्तीमा पुगेर टोलसभा तथा घरदैलो गर्नुभएको छ ।

    सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले शंकरपोखरीमा लामो समयदेखि समस्याको रुपमा रहेको खानेपानीको समाधान गर्न नेकपा एमालेकै सरकारले पहल गरेको बताउनुभयो । नेकपा एमालेको प्रदेश र संघीय सरकारले खानेपानीका लिफ्ट, बोरिङ, र मुहानवाट ल्याउने गरी विभिन्न विकल्प अपनाएर योजनाहरु संचालन गरेको बताउँदै अब शंकरपोखरीवासीका दुःखका दिन सकिएको बताउनुभयो । नेपाली काँग्रेसले लामो समय सत्तामा पु¥याएपनि शंकरपोखरीवासीको तिर्खा एमालेले मेटाउन सफल भएको उहाँको भनाई छ ।

    उहाँले पुरा हुन बाँकी घरधुरीमा यसै वर्ष काम सम्पन्न गर्न पहल गर्ने समेत बताउनुभयो । त्यस्तै शंकरपोखरीवासीको समृद्धि र विकास तथा गाउँमा आवश्यक पूर्वाधारहरुको विकासका लागि पनि नेकपा एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले नागरिकका थुपै्र आवश्यकताहरु पुरा गर्न बाँकी रहेको बताउँदै चुनावपछि एमालेको नेतृत्वमा बन्ने सरकारले ती सवै पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी जिल्लाको भविष्य निर्माणमा योगदान गर्न आव्हान गर्नुभयो ।

    यसैगरी नेकपा एमाले प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जलजला गाउँपालिकाको धाईरिङमा सम्पन्न भएको छ । यस अघि शालिजामा विभिन्न बस्तीमा पुगेर उहाँले घरदैलो र कोणसभा गर्दै शालिजासम्मको सडक कालोपत्रेका लागि प्रकृया अघि बढेको बताउँदै आगामी दुई वर्ष भित्र एमाले सरकारले सडक कालोपत्रे गरिसक्ने बताउनुभयो । उहाँले अन्य आवश्यक पूर्वाधारको विकास गर्दै त्यस क्षेत्रमा जडिबुटी खेती विस्तार, मौसमी तथा बेमौसमी तरकारीको सहज बजारीकरण लगायको काम गर्ने प्रतिवद्धता दोहो¥याउनुभयो । धाईरिङमा पुगेर कुँवरले मिलनचोक–धाईरिङ सडक नेकपा एमालकै सरकारले शुरुवात गरेको र यसको पुर्णताका लागि पनि पुन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले धाईरिङको उर्वर भूमिलाई समुचित उपयोग गरी स्थानीको आर्थिक समृद्धिमा टेवा पु¥याउन स्थानीयको मागको आधारमा विशेष कार्यक्रम ल्याउने बाचा गर्नुभएको छ ।यता सत्ता गठवन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशी र सुदिप कुँवरको चुनावी कार्यक्रम जलजलाकै नाङलीवाङ र बनौमा सम्पन्न भएको छ । दुवै वडाका विभिन्न बस्तीमा पुगेर उहाँहरुले घरदैलो र कोणसभा गर्नुभएको थियो । संविधानको रक्षा र गठवन्धनलाई निरन्तरता दिनका लागि दुवै उम्मेदवारले मत माग्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.