• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अबको पाँच वर्षमा पर्वतवासीका सवै आवश्यकता पुरा गर्छौै एमाले उम्मेदवार

"मिलनचोक–सल्यान–घाखेत सडक लामो समयदेखि अलपत्र परेको भन्दै उक्त सडक समयमै सम्पन्न गर्नका लागि पहल गर्न माग गरेका छन् । "

  •    संवाददाता/ बिहिबार, कार्तिक १७, २०७९  

  • आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी परिणाम आफ्नो पक्षम पार्नका लागि नेकपा एमाले पर्वतले अभियानलाई तीब्रता दिएको छ । नेकपा एमालेवाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको चुनावी प्रचार प्रसार अभियान आज जलजला गाउँपालिकाको वडा नं. ८ नाङलीवाङ र वडा नं. ७ धाईरिङमा सम्पन्न भएको छ ।

    धाईरिङका केरावारी, मिलनचोक, बास्कोट, घाखेत, धारापानी, सल्यान लगायतका ठाउँमा घरदैलो तथा कोणसभा गरिएको छ भनेनागलीङवाङको लस्ती र फर्सेमा भेटघाटभएको छ । एमाले उम्मेदवारहरु गाउँ पुग्दा मतदाताहरुले उत्साहित भएर स्वागत गरेका थिए । उनिहरुले मुख्यगरी सडक पूर्वाधारलाई नै जोड दिएका छन् । मिलनचोक–सल्यान–घाखेत सडक लामो समयदेखि अलपत्र परेको भन्दै उक्त सडक समयमै सम्पन्न गर्नका लागि पहल गर्न माग गरेका छन् ।

    नेकपा एमाले नेतृत्वको प्रदेश सरकारका वेला योजना परेर काम शुरु भएको र विचमा सरकार फेरिएपछि अलपत्र बनेको भन्दै एमालेले नै यसको अगुवाई गर्नुपर्ने स्थानीयको माग रहेको छ । त्यस्तै खानेपानी, टोल सडकहरु, स्वास्थ्य क्षेत्रका समस्याहरु स्थानीयले राखेका थिए । मतदाताहरुलाई सम्वोधन गर्दै एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले अघिल्लो पाँच वर्षमा पर्वतको समग्र विकासका लागि काम शुरु भएको र कतिपय अधुरा रहेका कामलाई अवको पाँच वर्ष भित्रमा पुरा गरिने बताउनुभयो ।

    उहाँले मतदातावाट कुनै गुनासो नआउनेगरी काम गर्ने प्रतिवद्धता दोहो¥याउँदै एमाले सरकारले शुरु गरेको मिलनचोक–सल्यान–घाखेत सडक निर्वाचन लगत्तै पुर्णता दिन पहल गरिने बताउनुभयो । नेकपा एमाले मात्रै विकास निर्माण र समृद्धिका लागि काम गर्ने पार्टी भएकाले अरु कसैको भ्रममा नपर्न उहाँले आग्रह समेत गर्नुभयो । उहाले अहिले स्थानीयवासीले राखेका मागहरु एक एक गरी संकलन गरेको र निर्वाचन लगत्तै प्रदेश र संघीय सरकार वाट पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    उहाँले विकास र समृद्धिका लागि एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले एमालेले केहि गरेन भन्नेहरुलाई घरै अगाडिको पानीको धारा, सडक, विद्यालयका संरचना देखाउन चुनौती दिनुभयो । त्यसैगरी प्रदेश सभा सदस्यका उम्मेदवार भक्त कुँवरले बालबच्चा देखि बृद्धबृद्धा सम्म रेखदेख गर्ने पार्टी नेकपा एमाले मत्रै भएको बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार र अन्य वर्गको सामाजिक सुरक्षाका लागि एमालेलाई बिजयी गराउनुपर्ने बताउनुभयो । उहाँले एमालेको सरकार बनेपछि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाईने उल्लेख गर्दै सवै श्रमिक वर्गको न्यूनतम ज्याला मसिक रु २५ हजार बनाउने घोषणा भएकाले पनि सवै वर्गको पार्टी एमालेमात्र भएको बताउनुभयो ।

    अभियानमा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, नेता गणेश शर्मा पौडेल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा, जिल्ला सचिब गोविन्द पहाडी, समानुपातीक उम्मेदवार कमला पन्त लगायतका नेताहरुको सहभागिता रहेको छ ।

    त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्याल पनि निरन्तर घरदैलोमा पुग्नुभएको छ । आगामी निर्वाचनमा आफुलाई विजयी बनाउनका लागि घरदैलोलाई निरन्तरता दिनुभएको हो । बुधवार पैंयुका भोर्ले र विहादीको उराम तथा शालिग्राममा घरदैलो गर्नुभएको थियो । उहाँसँगै पूर्वमन्त्री विकास लम्साल लगायतका नेताहरुको पनि सहभागिता रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.