• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

देशमै रोजगारी, चाडै समृद्धिः विश्वप्रकाश

"निशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर अहिलेका मुख्य एजेन्डा भएको उनको भनाइ छ । "

  •    अभियान हाम्रो संवाददाता/ बिहिबार, कार्तिक १७, २०७९  

  • पोखरा

    कास्की २ (१)मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले गरिबका छोराछोरी अब रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाइने बताएका छन् । पोखरा १७ को बाराही टोलमा गठबन्धनको सम्पर्क कार्यालयमा भएको कार्यक्रमा लामिछानेले गठबन्धनको जित भएपछि रोजगारीमा नयाँ नयाँ सम्भावना खोजिने उल्लेख गरे ।

    निशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर अहिलेका मुख्य एजेन्डा भएको उनको भनाइ छ । माओवादीको सरकारले नै गरिब र सुकुम्बासीको समस्या हल गरेको तर्क गर्दै उनले भूमिहीन र अव्यवस्थित बासोबासीका समस्या पनि आफूहरुले नै समाधान गर्ने आश्वासन दिए ।   ‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन,’ लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’

    कास्की २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले ४० वर्षदेखि गरिब दुःखीका लागि अधिकार खोज्न राजनीतिमा आफू क्रियाशील रहेको बताए ।  उनले १ घर १ रोजगारको योजनाअघि सारिने उल्लेख गरे । कृषिमा आधुनिकरण र व्यवसायीकरण गर्ने योजना उनले सुनाए ।

    एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य चूडामणि जंगलीले जनताले असल र खराब नेताको मूल्यांकन गर्ने समय आएको जनाए । उनले फेवातालका संरक्षक र राजमार्ग चक्ल्याउने नेतृत्वकर्ता विश्वप्रकाशले निर्वाचन जिते यो क्षेत्रको कायाकल्प हुने दाबी गरे । नेपाली काँग्रेस इकाइ सभापति देवराज आचार्यले गठबन्धनको जितबाट मात्र समृद्धिको सपना साकार हुने सुनाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.