• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बीस वर्षमा हुन नसकेको पर्वतको विकास चार वर्षमै ग¥यौ उम्मेदवार गिरी

"बीस वर्षमा हुन नसकेको पर्वतको विकास चार वर्षमै ग¥यौ उम्मेदवार गिरी "

  •    अभियान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक १५, २०७९  

  • पोखरा

    नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत सिट बिजयी गर्ने बताउनुभएको छ । सोमवार पर्वत सदरमुकाम कुश्माबजारमा प्राईमटाईम टेलिभिजनद्धारा आयोजित चुनावी बहसमा बोल्दै गिरीले नेकपा एमालेले अबको चुनावमा बहुमत प्राप्त गरेर केपी ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने बताउनुभयो ।

    उहाँले यो मुलुकको विकास र समृद्धिको योजना नेकपा एमाले सँग मात्र भएकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले साढे तीन वर्षको अवधिमै बिसौ बर्षमा हुन नसकेको विकास गरेको बताउँदै ती योजनाहरुको पुर्णता र गुमेको भूमि फिर्ता, युवाहरुलाई रोजगारी, औद्योगिकिरणको विकास, सडक, विद्युत, खानेपानी र सिंचाईको विकास र विस्तारका लागि पनि एमालेको बिकल्प नभएको बताउनुभयो ।

    गिरीले अघिल्लो पटक आफु निर्वाचित भएर गएपछि पर्वत जिल्लामा पनि असाधारण विकास भएको बताउनुभयो । सडक, खानेपानी, सिंचाई, स्वास्थ्य र शिक्षा क्षेत्रमा आमुल परिवर्तन आएको बताउँदै तीन किलोमिटरमात्र सडक कालोपत्रे भएको जिल्लामा अहिले १ सय १८ किलोमिटर कालोपत्रे र थप ६४ किलोमिटर कालोपत्रे गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले नागरिकका धेरै अपेक्षाहरु पुरा गर्न बाँकी रहेको बताउँदै अबको पाँच वर्षमा प्रत्येक वडा कार्यालयसम्म कालोपत्रे सडक पु¥याउने योजना रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘एमालेसँग विकास र समृद्धिका एजेण्डा छन तर गठवन्धन दलसँग एमालेप्रतिको कुण्ठा र मिलिजुली सत्तामा जाने स्वार्थ बाहेक केहि नभएको बताउँदै यो मुलुकको भाग्य र भविष्य निर्माणको फैसला मंसिर ४ मा जनताले गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले पर्वतको समग्र विकास एमालेकै पालामा शुरुवात भएको र एमालेले नै टुंगोमा पु¥याउने बताउँदै पर्वतवासी जनताले समृद्धिमा जाने कि यथास्थितिमा रहने फैसला मंसिर ४ मा गर्ने बताउनुभयो ।

    उहाँले आफु बिजयी भएर गएपछि नागरिकका अपेक्षा र जिल्लामा देखिएका आवश्यकताहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । गुणस्तरीय शिक्षा, १ हजार युवा युवतीहरुलाई स्वरोजगार, रोकिएको आयोजनाहरुको पुर्णता, कृषिमा व्यवासायिकरण र आधुनिकिकरणमा विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

    यस अघि एमालेका उम्मेदवार गिरी र कुँवरले आज कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ मा घरदैलो तथा कोणसभामा सहभागि हुनुभएको थियो । यसैगरी देश सभा ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी अभियान फलेवास नगरपालिका वडा नं. ७ लिमिठानामा सम्पन्न भएको छ । लिमिठानाका विभिन्न बस्ती र टोलमा पुगेर घरदैलो तथा कोणसभा गर्दै बस्यालले स्थानीयवासीहरुका समस्या र मागहरु निर्वाचन जितेर गैसकेपछि अक्षरस पुरा गर्ने बताउनुभयो । आफु जनताको सेवा गर्ने एकमात्र उद्धेश्य लिएर चुनवाी मैदानमा आएको बताउँदै अरु कुनै स्वार्थ नभएको समेत बताउनुभयो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.