• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मैले टेकेको धरती लोकार्पण

"समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालद्वारा लिखित आत्मकथा " मैले टेकेको धरती " लोकार्पण भएको छ । "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, असोज ११, २०७९  

  • समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालद्वारा लिखित आत्मकथा ” मैले टेकेको धरती ” लोकार्पण भएको छ । नवप्रभात मा वि नयाँबजार पोखरामा भएको विशेष कार्यक्रममा वरिष्ठ शिक्षा विद जर्ज जोनले उक्त पुस्तक सार्वजनिक गरे ।

    पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह ” बाबा”ले गरे ।लामो समय शिक्षण पेसामा आवद्ध रहेर अवकाशपछि खाली रहेको समयलाई सदुपयोग गर्दै पुस्तक प्रकाशित गरेका बरालको यस कृतिले नयाँ र पुराना पुस्ता जोड्ने सेतुको काम गरेको शाहले बताएँ । पुस्तक पढ्दै गर्दा पट्यार लाग्ने ठाउँ नै नभएको बताउँदै आफ्नै गाउँ पाखाको परिवेशको याद आउने बताए। दु:खका संघर्षहरूका कथाले भरिको बरालको कृतिले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने प्रेरणा समेत दिएको बताए। सङ्घर्ष नै जीवन हो । कसरी सङ्घर्षबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने थाहा पाउन पनि बरालको आत्मकथा अध्ययन गर्नुपर्ने बताए ।

    कार्यक्रममा सेवा निवृत्त शिक्षक तथा समाजसेवी तोयानाथ लामिछानेले पनि बोलेका थिए । शाेभाकर बराल असल शिक्षक मात्रै नभएर असल पिता समेत भएको स्मरण गरे ।आफ्ना पाँचै छोराहरूलाई उच्च शिक्षा दिलाउनु चानचुने कुरा नभएको बताउँदै सबै पिताहरू आदरणीय भएर पनि केही पिताहरू सबैका पूजनीय हुने भन्दै शाेभाकर बराल हामी सबैका प्रेरणाका स्राेत हुन सक्ने बताए ।

    प्रमुख अतिथि शिक्षा विद जर्जजोनले आजको कृति लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । सबै मान्छेहररूले कर्म गरे पनि कमै मान्छेले मात्रै सत्कर्म गर्ने र शाेभाकार बराल सत्कर्म गर्ने असल अभिभावक र शिक्षासेवी भएको बताएँ ।

    कार्यक्रममा कृतिकार शाेभाकर बरालले पनि आफ्नो भनाइ राखेका थिए ।अवकाशपछि माइला छोरा खगराज बरालले बारम्बार लेख्ने हुटहुटी नजगाइदिएको भए यो पुस्तक तयार नहुने बताउँदै आज आफ्नै संस्था सेवा निवृत्त शिक्षक समुदायबाट पुस्तक लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी भएको बताएँ ।आफ्नो कृतिले नयाँ पुस्तालाई आफ्ना पुस्ता, परम्परा र संस्कृतिको बारेमा थोरै भए पनि ज्ञान दिने बताए।

    1. कार्यक्रममा स्थानीय समाजसेवी मित्रलाल बरालले कृतिकारको परिचय गरेका थिए । कार्यक्रममा प्रदेश सचिव मनमाया पङ्गेनी भट्टराई , जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमाल, कृतिकारका जेठा छोरा नबराज बराल, चुनबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.