• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बन्ने भयो पोखरा रंगशालामा तेकान्दोको सुविधासम्पन्न प्रशिक्षण भवन


  •    संवाददाता/ शनिबार, असोज ०८, २०७९  

  • अभियान हाम्रो  डट कम

    पोखरा ।

    खरामा तेक्वान्दो खेलको सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण हुने भएको छ ।राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले पोखरा रङ्गशालाभित्र निर्माण हुने सो भवनको आज शिलान्यास गरेसँगै भवन निर्माणको सपना पूरा हुन लागेको हो ।

    प्रशिक्षण भवन निर्माणका लागि तेक्वान्दोसँग सम्बन्धित खेल पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले लामो समयदेखी प्रयास गर्दै आएको र अहिले सो मिहिनेतले सार्थकता प्राप्त गर्न लागेको कास्की जिल्ला तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश तेक्वान्दोका अध्यक्ष जगनबहादुर गुरुङले बताउनुभयो ।

    उहाँका अनुसार विसं २०६७ देखी भवन निर्माणका लागि सङ्घका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले मासिक रु ५०० सहयोग सङ्कलन अभियान सुरु गरेका हुन् । सहयोग अभियानबाट हालसम्म रु ५५ लाख जम्मा भएको गुरुङले बताउनुभयो ।

    भवनको रु दुई करोड खर्च लाग्ने लागत अनुमान छ । तेक्वान्दो सङ्घले थप रु ५० लाख जति सहयोग जुटाउने योजनामा छ । भवनका लागि अपुग हुने रकमका लागि राखेपसँग सहयोग मागिएको गुरुङले बताउनुभयो ।

    शिलान्यास कार्यक्रममा सदस्य सचिव घिसिङले भवनलाई पूर्णता दिन राखेपबाट सहयोग उपलव्ध गराइने विश्वास दिलाउनुभयो । चालू आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गर्न नसकिएपनि आगामी वर्ष यसका लागि बजेट विनियोजन गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो।
    सदस्य सचिव घिसिङले भन्नुभयो,“पोखराको विशेषता भनेकै सरकारको मुख नताकि सबै कुरामा साझेदारी गर्ने हो । भवनका लागि सम्पूर्ण पोखरेलीले योगदान गर्नुभएको छ । हामीले पनि यसलाई सम्पन्न गर्न आवश्यक बजेट उपलव्ध गराउँछौँ ।”

    नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश शमसेर राणाले तेक्वान्दो हलभित्र खेल्ने खेल भएकाले भवन भनिर्वाय रहेको बताउँदै भवन निर्माणपछि खेलाडीको राम्रो विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

    रङ्गशालाको दुई रोपनी क्षेत्रफल जमिनमा निर्माण हुने अत्याधुनिक हल सहितको भवनमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी तयार गरिने कास्की जिल्ला तेक्वान्दो सङ्घका कार्यवाहक अध्यक्ष कुलचन्द्र शर्माले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.