• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेप्सेमा झिनो सुधार, तीन कम्पनीको शेयर मूल्यमा सर्किट

" नेप्सेमा झिनो सुधार, तीन कम्पनीको शेयर मूल्यमा सर्किट  "

  •    संवाददाता / बुधबार, भदौ ०८, २०७९  

  • नेपाल स्कट एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ५४ दशमलब ९८ मा पुगेको छ ।

    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल दुई सय २२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर रु एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ४४ अर्ब ६२ करोड ४३ लाख ७० हजार बराबर रहेको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ चार दशमलब ९८, व्यापार १० दशमलव ९४, जलविद्युत् शून्य दशमलव छ, उत्पादन २९ दशमलव ३७, अन्य शून्य दशमलव ५८, जीवन बीमा आठ दशमलव ५८ र लगानीको उपसमूहको वृद्धि नगन्य रहेको छ ।

    यस्तै, होटल तथा पर्यटन ३७ दशमलव ४७, विकास बैंक १४ दशमलव ७६, वित्त छ दशमलव शून्य सात, निर्जीवन बीमा पाँच दशमलव शून्य दुई, लघुवित्त ११ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले ओरालो लागेको छ ।

    कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड २१ लाख ८९ हजार सात सय ३७ बराबरको कारोबार भयो ।

    यस्तै, रिडी हाइड्रोपावर रु सात करोड ६५ लाख ९७ हजाार सात सय ४०, अपि पावर कम्पनी रु पाँच करोड ४५ लाख १० हजार पाँच सय दुई, शिवम् सिमेन्ट रु चार करोड ३७ लाख ५४ हजार तीन सय ८४, र एनआइसी एशिया लघुवित्त रु चार करोड २७ लाख १५ हजार आठ सय २४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार कारोबार भएकामध्ये तीन वटा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    ती कम्पनीमा रुरु जलविद्युत् परियोजना, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी रहेका छन् । यस्तै, सानिमा लार्ज क्याप फण्ड तीन दशमलव २९ र हिमालयन बैंकका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् ।

    त्यस्तै, सिद्धार्थ इक्विटी फण्ड छ दशमलव ८८, एभरेष्ट बैंक पाँच दशमलव ८४, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ६७, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव शून्य एक र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले चार दशमलव शून्य नौ प्रतिशतले गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.