• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रगत बगाउने र विकास गर्ने माओवादी, जस पाउने एमाले ?पूर्व मुख्यसचिव पौडेलको


  •    संवाददाता/ शनिबार, बैशाख २४, २०७९  

  • अभियान खबर

    नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्यालले रगत बगाउने र विकास गर्ने माओवादी भए पनि जस नेकपा एमालले लिँदै आएको बताएका छन्। उनले भने,‘म कुनै राजनैतिक फोहरि खेलमा लागेर होइन एउटा स्वतन्त्र नागरिकको हैसियतले देशमा माओवादीले ल्याएको परिवर्तनको सही सत्य आँकलन गरेको हुँ।’

    नेकपा एमाले नेता प्रदिपकुमार ज्ञवालीको निर्वाचन क्षेत्र र जन्मथलोसमेत रहेको त्यस भेगमा माओवादीले लडेर विकास निर्माण ल्याएको उनको भनाई छ। तर, जस भने एमालेले लिँदै आएको उनको आरोप छ। उनले भने, ‘सब भन्दा बढी कुप्रचार यही गुल्मी बम्घामा भएको छ। हामी माओवादी लडेर, राज्यसत्तासँग पौडेजोडी खेलेर साधन-श्रोत ल्याएर यहाँको विकास निर्माणमा काम गर्ने, अनि उही क्या- काम गर्ने कालु मकै खाने भालु भन्याजस्तो, सोशल मिडियामा चोर डाकाहरु भनेर लेख्ने।’

    विकास ल्याउने माओवादी भए पनि एमालेलाई जनताले विश्वास गरेको र प्रतिवादमा उत्रन नसकेको पनि उनको बुझाइ छ। उनका अनुसार यस विषयमा जनताले दुई कारणले प्रतिवादन गर्न सकेका छैनन्। कार्यक्रममा उनले भने, ‘अनि तपाईहरुले फेरि त्यहीँ पत्याउने, तपाईहरु प्रतिवाद गर्न नसक्ने। दुई वटा कारणले तपाईहरुले प्रतिवाद गर्न नसकेको हो। पहिलो तपाईहरुलाई प्रशिक्षण थिएन, रुपान्तरणको एजेण्डा बोक्ने मान्छे को हो भन्ने थाह थिएन।

    तपाईहरु संगठित हुनु भएको थिएन। उनीहरु संगिठत ढंगले प्रतिवाद गर्थे। तपाई एक्ला–एक्लै हुनुहुन्थ्यो। अब तपाईहरुको काम हो त्यस्ता कुरा आउनेवित्तिकै तुरुन्त पार्टी कमिटी बस्ने, सत्य पत्ता लगाउने, विश्लेषण गर्ने, सूचना सही लिने, लिएपछि सूचनालाई कसरी प्रतिवाद गर्ने भन्नेबारे निर्णय गर्ने। ’

    उनले अहिलेको व्यवस्था ल्याउने र रुपान्तरणको एजेण्डा बोक्ने पनि माओवादी पार्टी नै भएको ठोकुवा गरे। उनले कार्यकर्ताहरुसँग प्रतिप्रश्न गर्दै थपे, ‘यो व्यवस्था कसले ल्यायो ? यो व्यवस्थाको वकालत गर्ने को ? यो स्थापित गर्ने को  ? समाज रुपान्तरण भनेको त त्यो हो नि।’

    उनका अनुसार हिजो समाजमा जुन किसिमको सामाजिक हिसाबले पछाडि परेको वर्ग-समुदाय थियो, जाति थियो, त्यसलाई राज्य सत्ताको मुख्य केन्द्रमा लैजान, त्यसलाई अवसरहरु दिलाउनका लागि लड्ने शक्ति माओवादी केन्द्र नै रहेको थियो। उनले भने, ‘लड्यो र लडेरै स्थापित गर्यो। संविधानमा, कानुनमा, राज्य प्रणालीमा, व्यवस्थामा, त्यसकारण त तपाईहरु प्रतिनिधि भइरहनुभएको छ। हिजो त त्यस्तो थिएन। अधिकारको रुपमा थिएन। भलै कोही नियुक्त भएका थिए भन्लान् नि।’

    नेकपा एमाले र माओवादी एउटै नभएको पनि उनले बताए। उनले भने, ‘तपाईलाई लाग्ला सबै उस्तै-उस्तै हुन्। एमाले र माओवादी भन्या उस्तै उस्तै हुन्। यता गए पनि हुन्छ उता गए पनि हुन्छ। तर, होइन। आधारभूत रुपमा फरक छ। आधारभूत रुपमा एजेण्डा बोक्ने विषयमा फरक छ। राज्य प्राणीलको वकालतको विषयमा फरक छ।’

    लोकपाटि डट कम

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.