• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरेलीलाई एमालेबाट धोका


  •    संवाददाता/ मङ्गलबार, बैशाख २०, २०७९  

  • अभियान खबर।

    पाँचदलीय गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य मेयरका उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा जिसीलाई जिताउने चुनावी कमाण्डर आचार्य गठबन्धनको सहयोगमा ८५ हजार मत ल्याएर निर्वाचन जित्ने बताउँछन् ।आचार्यले ‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नारा अघि सारेका छन् । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक पूर्वाधार लगायतका विषयलाई प्राथमिकतामा राखेका छन् । २०७४ मा १ लाख ६८ हजार ६८ मतदाता रहेकोमा अहिले ३९ हजार ६४५ मतदाता थपिएका छन् ।आचार्यको प्रतिष्पर्धी एमालेका कृष्णबहादुर थापा छन् । एमालेले दीपक पौडेललाई पोखराको मेयरको टिकट दिए पनि एक गहना पसलबाट सुन चोर्दै गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको टिकट खोसेर विकल्पको रुपमा थापालाई अगाडि सारेको हो ।

    थापा पनि विवादमा जातीय विभेदको मुद्धामा मुछिएका छन् । विवादित थापाले विगतमा असफल भएको मोनोरेल र मेट्रोरेलको सपना फेरि एक पटक पोखरेली जनतालाई बाँडेका छन् । रोचक पक्ष के छ भने, अघिल्लो प्रतिवद्धता पत्रलाई कागजको पानामा सीमित गर्ने मेयर जिसी निर्वाचन आचारसंहित उलंघन गर्दै एमाले उम्मेदवारको चुनावी घोषणपत्र सार्वजनिक गर्न पुगेका थिए । प्रतिवद्धता पत्रअनुसार काम नगरेको भन्दै पोखरेली जनता एमालेप्रति रुष्ट छन् ।

    नेकपा (एमाले)ले २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरेली जनतालाई मोनोरेल र मेट्रोरेलको सपना बाँडेको थियो । त्यही सपनाको जगमा एमालेले निर्वाचन जित्यो । एमाले उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याउँदा प्रतिद्धन्दी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए । ५६ हजार ४५८ मत ल्याएर एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङ उपमेयर बनेका थिइन । अहिले परिस्थिति फेरिएको छ ।देशका ६ वटा महानगरपालिकामध्ये काम गर्न असफल महानगरको सूचीमा पोखरा अग्रस्थानमा आउँछ । तर, एमालेले फेरि जनतालाई झुक्याउन पोखरामा मोनोरेल, मेट्रोरेलसहित पोखराबाट लुम्बिनीसम्म रेलमार्ग बनाउने जस्ता हावादारी चुनावी सपना बाँडेको छ । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार आचार्यबाट आत्तिएर एमालेले विगतमा असफल भएको प्रतिवद्धता दोहो¥याएको पोखरेली जनताको बुझाइ छ ।

    यसअघि ०७४ को निर्वाचनमा पनि एमालेले आफनो घोषणा–पत्रमा रेलदेखि फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसम्मका प्रतिबद्धता जनाएको थियो । पाँच वर्षमा ती कामको योजनासम्म बनेन । बजेटको त कुरै छाडौँ ।

    www.dristenews.com

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.