• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनप्रतिनिधिको शून्य बेरुजु भरतपुर महानगरमा


  •    संवाददाता/ सोमबार, बैशाख १९, २०७९  

  • चितवन।

    नेपालका छ वटा महानगरपालिका मध्ये भरतपुर महानगरपालिका आर्थिक पारदर्शीताको नमूना बनेको छ।
    महानगरको प्रमुख पदमा पुनःउम्मेद्वारी दिएकी रेनु दाहालको अघिल्लो कार्यकाल जनप्रतिनिधिको व्यक्तिगत बेरुजु शून्य कार्यकाल बन्न सफल भएको छ।

    महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालकाअनुसार महानगर प्रमुखको आर्थिक इमान्दारिताका कारण महानगर व्यक्तिगत बेरुजुको समस्या नभएको हो। महानगर प्रमुख दाहालले आफु पनि आर्थिक क्रियाकलापमा स्वच्छता चाहने र अन्य जनप्रतिनिधिलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिने परिणामले उक्त समस्या सिर्जना नभएको लेखाप्रमुख अर्यालले दाबी गरे।

    आर्थिक पारदर्शीताको विषयमा जोड दिँदै उनले भने ‘अन्य महानगरपालिका जस्तो उम्मेद्वारले बेरुजु फछ्र्यौट गर्नु पर्ने अवस्था नै आएन।’ स्रोतका अनुसार भरतपुर महानगरपालिकामा जो जति जनप्रतिनिधिले पुनःउम्मेद्वारी दिएका छन् कसैको नाममा पनि बेरुजु भुक्तानी गरेर उम्मेद्वारी दिनुपर्ने अवस्था थिएन। जवकी निर्वाचन आयोगले पुनःउम्मेद्वारी दिनको लागि पेस्की फछ्र्यौट गनुपर्ने, बेरुजु फछ्र्यौट गर्नुपर्ने प्रावधान राखेको थियो।

    भरतपुर महानगरपालिकाकी पूर्व प्रमुख रेनु दाहाल पाँचदलीय गठबन्धनको तर्फबाट पुनःनेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा र नेपाली कांग्रेस भरतपुर महानगर सभापति समेत रहेका चित्रसेन अधिकारी कांग्रेसबाट उपप्रमुख पदमा चुनावी प्रतिस्पर्धामा छन्। उम्मेद्वार दाहाल नेकपा (माओवादी केन्द्र)भरतपुर महानगर कमिटीको इञ्चार्ज समेत हुन् भने अधिकारी नेपाली काँग्रेस भरतपुर महानगर समितिको सभापति हुन्।

    निर्वाचन आयोगले व्यक्तिगत बेरुजु कायम रहे उम्मेदवारी नै रद्द हुने व्यवस्था गरेपछि निर्वाचनमा पुनःउम्मेदवारी दिने आकाँक्षी जनप्रतिनिधिले धमाधम बेरुजु फछ्र्यौट गरेका थिए। चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै पाँच करोड बेरुजु फछ्र्यौट गरेको महालेखा परीक्षकको वेब साइटमा उल्लेख छ।

    महालेखा परीक्षकको कार्यालयकाअनुसार निर्वाचनआयोगले बेरुजु हुने जनप्रतिनिधिले पुनःउम्मेद्वारी दिन रोक लगाएपछि काठमाडौं, ललितपुर, विराटनगर र पोखरा महानगरपालिका तथा नेपालगन्ज, जनकपुर, इटहरी, कलैया र धरान उपमहानगरका जनप्रतिनिधिले चार करोड ९८ लाख ९८ हजार आठ सय ७८ रुपैयाँ व्यक्तिगत बेरुजु फछ्र्यौट गरेका थिए।

    काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यसहितका जनप्रतिनिधिले बैशाख ७ र ८ गते गरि एक करोड २७ लाख ४२ हजार बेरुजु फछ्र्यौट गरेका थिए। आफुु उक्त पदमा पुनः दोहोरिने मनसायमा रहेका र एमालेको स्थानीय कमिटीले आफ्नो नामसहित केन्द्रमा सिफारिस गरेपछि उनले बेरुजु फछ्र्यौट गरेका थिए। २०७८ चैत ३ गते प्रकाशित नेपाल राजपत्र खण्ड ७१ संख्या ५० भाग ५ मा निर्वाचन आचारसंहिता सम्बन्धी व्यवस्था छ। उक्त राजपत्रकोे परिच्छेद ९ दफा ४६ र ४७ मा उक्त व्यवस्था गरेको छ।

    साभार लोक पाटि  डट कम

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.