• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जस्ले ८ लाख घुस फालेर भागेका थिए एमालेले उनै गाउँपालिका अध्यक्षलाई फेरि उम्मेदवार

" जस्ले ८ लाख घुस फालेर भागेका थिए एमालेले उनै गाउँपालिका अध्यक्षलाई फेरि उम्मेदवार "

  •    संवाददाता/ मङ्गलबार, चैत २९, २०७८  

  • राजनीतिक पहुँच र शक्तिको आडमा गाउँपालिका अध्यक्ष क्षेत्री हालसम्म कानुनी कारबाहीबाट जोगिन सफल भएका हुन्।

    क्षेत्रीले एकवर्ष अघि  गाउँपालिकाकै प्रशासनिक भवन निर्माण सम्पन्न भएबापतको भुक्तानी दिँदा सेवाग्राहीबाट ८ लाख रुपैयाँ घुस लिएको खुलेको थियो।

    क्षेत्रीले घुस लिन लागेको गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले धनुषाको क्षिरेश्वर नाथ नगरपालिकास्थित महेन्द्रनगरबाट पछ्याएको थियो।

    गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्र.२९०२९००१ झ ०००२ नम्बरको स्करपियो गाडीमा ८ लाख रुपैयाँ घुस लिएर भाग्दै गरेका गाउँपालिका अध्यक्ष क्षेत्री क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित बाटो छेउमा फ्याकेर फरार भएका थिए।

    सो क्रममा फालेको रकम ८ लाख र सवारी चालक वीरबहादुर मगरलाई वटेश्वर गाउँपालिका ४ बाट अख्तियारले नियन्त्रणमा लिएको थियो। अख्तियारले भोलिपल्टै  प्रेस विज्ञप्ती जारी गर्दै सोको जानकारी गराएको थियो।

     

     

    फरार गाउँपालिका अध्यक्ष क्षेत्री पावर र पहुँचकै सहारामा तीन महिना पश्चात अख्तियरमा  हाजिर भएका थिए । राजनीतिक शक्तिकै आडमा उनलाई अख्तियारले जमानतमा छाडेको थियो। पावर र पहुँचकै कारण हालसम्म अख्तियारले उनीविरुद्ध मुद्दा दायर गर्न प्रमाण नपुगेको भन्दै कारबाही अगाडी बढाउन इन्कार गर्दै आएको छ।

    अहिले फेरी नेकपा एमालेले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष पदमा पुनः डम्बरबहादुर राउत क्षेत्रीलाई उम्मेदवार बनाएको छ। उनी हाल सोही गाउँपालिकाका अध्यक्ष हुन्। सोमबार बसेको एमाले गाउँ कमिटीको बैठकले पुनः उनैलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

    भ्रष्टाचार काण्डमा मुछिए पनि क्षेत्री पुनः अध्यक्षको उम्मेदवार हुन सफल भएका हुन्। उम्मेदवारीका लागि हिरालाल महतो, श्याम महतो, दिलिप लामा, राम पुकार महतोलगायतले पनि दाबी गरेका थिए तर एमाले गाउँ सचिवालय समितिका बहुमत सदस्यले क्षेत्रीलाई नै रोजेपछि उनीहरू पछि हटेका हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.