• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भारत र चीनस्थित नेपाली दूतावासहरूमा सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि राख्ने प्रस्ताव अघि बढाइएको छ ।

"भारत र चीनस्थित नेपाली दूतावासहरूमा सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि राख्ने प्रस्ताव अघि बढाइएको छ । "

  •    अभियान हाम्रो डट कम / बुधबार, बैशाख २३, २०८३  

  •      १८ वैशाखदेखि अवकाशमा गएका अर्यालको पालामा सीमासम्बन्धी समस्या हेर्नका लागि भन्दै दुई छिमेकी मुलुकका नेपाली दूतावासमा सशस्त्रको प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव त्यतिबेला सशस्त्र हेडक्वार्टर हल्चोकले गृहमा पठाएको थियो ।

        अर्यालको कार्यकालमा भएका महत्त्वपूर्ण कामहरू र भावी योजना तथा कार्यदिशाबारे दूतावासमा सशस्त्र प्रहरीको प्रतिनिधि राख्नेबारे पनि उल्लेख छ ।

    सशस्त्रले प्रस्ताव गरेर मन्त्रालय पठाए पनि काम बाँकी रहेकाले यसलाई पाइपलाइनमा राखिएको उल्लेख गरिएको छ । सीमा सुरक्षाको जिम्मेवारी सशस्त्रको रहेकाले सीमा समस्याका विषय हेर्ने गरी सशस्त्र प्रहरीको प्रतिनिधि राख्नुपर्ने प्रस्ताव हेडक्वार्टरले गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्ट बताउँछन् ।

    खुला सीमाना भएका कारण सीमा समस्याका विषयहरू आइरहने, सीमामा हुने अपराधका घटनाहरू र एकआपसमा समन्वय गर्नका लागि पनि सशस्त्रको आवश्यकता रहेको निष्कर्ष निकालेर दूतावासमा प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गरिएको उनको भनाइ छ ।

    सशस्त्रको प्रतिनिधि राख्दा एक आपसमा समन्वय हुने, भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँग समन्वय हुने, सशस्त्र र एसएसबी मिलेर गर्नुपर्ने काममा पनि सहजीकरण  र समन्वय हुने भन्दै दूतावासमा सशस्त्र प्रहरीको प्रतिनिधि राख्नुपर्ने हल्चोकको माग छ ।

    त्यस्तै, चीनतर्फ पनि खुला सीमा रहेकाले सीमा सुरक्षादेखि नाकामा हुने अन्य अपराधका घटनाहरू, चिनियाँ पक्षसँगको समन्वय जस्ता विषयहरूका लागि दूतावासमा सशस्त्रको उपस्थिति हुनुपर्ने तर्क छ ।

    अहिले चीनतर्फको सीमामा सशस्त्र प्रहरीका ११  र भारतफर्तको सीमामा २४९  गरी जम्मा २६० बीओपी (बोर्डर आउट पोस्ट) छन् । यिनै बीओपीमार्फत सीमा सुरक्षाका कामहरू भइरहेका छन् ।

    अहिले भारतस्थित नेपाली दूतावासमा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का प्रतिनिधिको उपस्थिति छ । यसबाहेक नेपाल प्रहरीले विगत लामो समयदेखि खाडीदेखि युरोप, अमेरिकामा प्रहरी सहचारी राख्नुपर्ने प्रस्ताव गर्दै आएको छ ।

    बालेन शाह नेतृत्वमा सरकार गठन भएसँगै सीमामा थप जनशक्ति बढाउन निर्देशन भएको थियो ।

    तर, प्रहरीको यो प्रस्ताव अहिलेसम्म पारित हुन सकेको छैन । यही अवस्थामा सशस्त्र प्रहरीले पनि भारत, चीनमा आफ्नो प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गरेको छ । तर यसको कार्यान्वयन पक्ष भने जटिल देखिन्छ ।

    अहिले नेपाल–भारत सीमाका स्टिप म्याप १८२ थान नापी विभागबाट प्राप्त गरी सीमा सुरक्षा विभागमा (बोर्डर रिसोर्स एन्ड सिसर्च सेन्टर, बीआरआरसी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा ११० स्थानमा ३३८ वटा सीसी क्यामेरा जडान गरी निगरानी गरिएको छ ।

    सशस्त्र प्रहरीका नवनियुक्त आईजीपी नारायणदत्त पौडेलले नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन बोर्डर इन्टर्‍याक्सन टिम (बीआईटी) परिचालन गर्ने नयाँ नीति अवलम्बन गरेका छन् ।

    मुख्य सीमा नाकाहरूबाट सुरु गरिने यी टोलीहरूले सीमामा आवतजावत गर्ने सर्वसाधारणलाई सहजीकरण गर्ने, स्थानीय समुदायसँग समन्वय बढाउने, सूचनाको आदान–प्रदानलाई व्यवस्थित गर्ने तथा सीमापार अपराधको निगरानी र नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ ।

    यसबाट सीमा क्षेत्रमा विश्वासको वातावरण निर्माण हुनुका साथै प्रारम्भिक चरणमै सुरक्षा चुनौतीहरूको पहिचान र व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा छ ।

    दूतावासमा सशस्त्र प्रहरी प्रतिनिधि राख्ने प्रस्तावसँगै सीमा व्यवस्थापन प्राधिकरण गठन गर्ने प्रस्ताव पनि सशस्त्र प्रहरीको छ । यसअघि खारेज भएको सीमा विभागलाई ब्युँताउँदै एआईजीको दरबन्दी थप गरिएको थियो ।

    बालेन शाह नेतृत्वमा सरकार गठन भएसँगै सीमामा थप जनशक्ति बढाउन निर्देशन भएको थियो । त्यसपछि तीन हजार जनशक्ति सीमामा थप्ने योजनाअनुसार सशस्त्र प्रहरी पहाडी जिल्लाका जनशक्तिलाई सीमा क्षेत्रमा खटाएको थियो ।

    सशस्त्र प्रहरीको अर्को तयारी डिजिटल बोर्डर कन्सेप्ट छ । डिजिटल बोर्डरको कन्सेप्ट कार्यान्वयनमा लैजान भन्दै राजु अर्यालकै पालामा मन्त्रालयमा पेस भएको थियो । सीमाका गतिविधि डिजिटल रूपमै काठमाडौंबाटै निगरानी गर्न सक्ने भन्दै यसलाई महत्वपूर्ण प्रोजेक्टको रूपमा लिइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.