गाडी देख्नै नहुने, ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन् ।
काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला एक भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसमा एक युवतीले जो’खिमपूर्ण घुम्ती सडकको बीचमै उभिएर टिकटक भिडियो बनाउने प्रयास गरेको देखिन्छ।
भिडियोमा छेउबाट आएको गाडीले उनलाई झण्डै ठ’क्कर दिन लागेको दृश्य स्पष्ट देख्न सकिन्छ, जसले ठूलो दु’र्घटना हुनबाट जोगिएको संकेत गर्छ। भाइरल हुनकै लागि यसरी ज्यानै जो’खिममा पारेर सार्वजनिक सडक प्रयोग गर्ने कार्यप्रति गम्भीर चासो व्यक्त गर्दै प्रहरीले सम्बन्धित ती युवतीलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेको छ। साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने भन्दै अन्तिम चेतावनी समेत दिएको प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई पनि सडक जस्तो संवेदनशील स्थानमा अनावश्यक जोखिमपूर्ण क्रियाकलाप नगर्न आग्रह गरेको छ।








