जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,सात वर्षअघि प्रेम विवाह गरेका थिए ।
सुर्खेत जिल्ला अदालतले श्रीमती प्रेमा वलीको ह’त्या अभि’योगमा दो’षी ठ’हर भएका श्रीमान् दर्शन खत्रीलाई ज’न्मकैदको स’जाय सुनाएको छ।अदालतले खत्रीलाई ३ लाख रुपैयाँ क्ष’तिपूर्ति भराउन समेत आदेश दिइएको छ। घ’टना २१ वैशाख २०८२ मा भेरीगंगा नगरपालिका–१२स्थित झिगेनारा खोलामा २६ वर्षीया प्रेमा वलीको श’व फेला परेपछि सार्वजनिक भएको थियो।प्रहरी अनुसन्धानबाट नेपाली सेनामा कार्यरत २८ वर्षीय दर्शन खत्रीले बिदामा घर आएका बेला प्रेमालाई छिन्चु बजारमा बोलाएर जंगलतिर लगेका र वि’वादपछि ह’त्या गरेका थिए।

उनले ढुङ्गाले टाउकोमा प्र’हार गरी सलले घाँ’टी क’सेर ह’त्या गरेका थिए र श’व खोल्सामा फालेका थिए। गुर्भाकोट–५की प्रेमा वली र खत्रीबीच सात वर्षअघि प्रेम विवाह भएको थियो। विवाहपछि खत्री नेपाली सेनामा भर्ती भएका थिए। उनीहरूकी एक सानी छोरी पनि रहेको छ। प्रेमाको ह’त्यामा संलग्न रहेको पुष्टि भएपछि प्रहरीले खत्रीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो। अदालतको पछिल्लो फै’सलासँगै पी’डित पक्षले न्याय पाएको विश्वास गरिएको छ।








