लोकतान्त्रिक प्रणालीमा नागरिकलाई डर होइन सुनिस्चित अधिकारको सिस्टमले सुरक्षीत बनाएको हुन्छ।यो कुरा बुझ्न कागका पछि दगुर्ने नेपाली समाजलाइ कुहिरो भित्र काग पुगेर गायब भएपछी मात्रै चेत आउँछ। . यो बिसयमा आर्टिकल नै लेख्नु पर्ने भो किनकी त्यो डर त्रास चित्कारले अगाडि हिटलर ल्याएर उभ्याइदियो।यहाँ त्रासलाइ अनुसासनमा बेरेर लोकतान्त्रिक प्रणालिलाइ नै बेस्याबजारको रखैल जस्तै बनाइदैछ। यो कल्पना लोकतान्त्रिक गणतन्त्रको होइन।
भन्नलाइ त यहाँ सबै हुकुमबासी थिए हटायो,भत्कायो चल्यो डोजर जस्ता चिया मसला हालेका चुस्किहरु हिजोआज गाउदेखी सहर सम्मका चिया दोकानहरुमा आगो झै फैलाइएका छन। तर बास्तबिकता काठमाडौ ,बुटवल मनहरा तिरका चीत्कार र कारुणिक दृश्य हेर्ने हो भने वा राज्यले गर्न चाहादाका विकल्प हेर्ने हो भने यो स्तरको हिटलर शैलिको न आवस्यकता देखिन्छ न जनताले सास्ती नै भोग्नु पर्दथ्यो। यहाँ त जमिन राज्यको अनि जनता ? जसको हातमा पुर्जा छैन त्यो नागरिक होइन भन्ने शैली देखापर्यो। तर भास्य यस्तो खडा गरियो कि उनिहरु जो वास्तविक सुकुम्बासी थिए उनिहरु त झोला बोकेर हिडिसके, हाम्रो बिजय भयो।
हिजो जहानिय राणा सासनमा पनि त सहिदहरु खरिको बोटमा झुन्डिन लुरुलुरु हिडेकै थिए, बिरालोको अघि मुसो पनित नाचेको हामिले देखेकै हौ,हिटलर को च्याम्बरमा पनि त मानिसहरु लुरुलुरु हिडेकै थिए, मनुस्यको अघि पनि त बादर नाचेकै देखिन्छ। यो शासन ब्यवस्था भनेको लोकतान्त्रिक प्रणालिले राज्य सग अधिकारको कसिमा सिस्टमको परिधिमा लड्न भिड्न प्रत्याभूत गरेको प्रणाली हो। तर यतिबेला सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ। यहाँ लोकतान्त्रिक प्रणालिलाइ नै बसन्ती बादर नचाए झै नचाइदैछ। ननाचे सुकुम्बासी बस्तिमा सेना को मार्चपास गराएर डर त्रास सिर्जना गरिएको छ, कल्पना गर्नुस त यो कुन प्रणाली हो ।
लेखक एस पी रेग्मी








