• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ

"ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क सामपांग "

  •    अभियान हाम्रो डट कम / बुधबार, बैशाख १६, २०८३  

  • हो ती सुकुमबासी थिए ! ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए ! जस्ले यो धर्तीमा भस्मेखोरिया फाँडेर पहिलो मानव बस्ती बसाए तिनैलाई धनीपूर्जाको हवाला दिएर भूमिहीन हौ भनिए ! हिमाल, पहाड र तराइहरुमा दुत्कारिए ! जस्को पूर्खाले यो धर्तीमा मानव सृष्टी र सभ्यताको शुरुवात गरे आजै उनैलाई छद्मभेषीहरुले तेरो जमीन छैन, तेरो अस्थित्वछैन, तेरो संस्कृति छैन भन्दै कानुनका शन्द रुपी मन्त्र र तन्त्रहरुले अमानव बनाएर अनागरीक बनाउन तिर सुकुमबासी बनाइदिए ! ती घर होइनन् भत्किएका त अस्थित्व हुन् ! जीवनका सपनाहरु भत्किए ! यो कुनै संयोग र योजना होइन यो त युद्ध गरिएको हो !

    गरीब बनाएर सुकुमबासी हुँदै शरनार्थी बनाउने षडयन्त्र ! यो कस्को खेल हो ? समाजलाई बुझाउन सक्छु म यदी सुन्ने फुर्सद भए ! हो ती सुकुमबासी थिए ती थिएनन् नेपाली ! जसको भूमि खोसेर उसलाई सुकुमबासी बनाएको छ आज ती को हुन् ? तीनको यो देश सङ्गको नाता के हो ? तिन्का कती पुस्ताले यो देशको भूगोल कुरेर बसे ! बाघ भालु चितुवा र ब्वाँसा सङ्ग जुधेर बारी बिराउने काम किन गरे तिन्ले ? यस्ता प्रश्नहरुका उत्तर खोज्दै बस्ने कस्लाई छ फुर्सद आज ? यो ती सुकुम्बासी थिए थिएनन् ती नेपाली ! गाउँ बिर्सेर शहरमा रमाउनेहरु अनि शहरमै जन्मे हुर्केकाहरुलाई यो देशको इतिहास गाउँबाट शुरु हुन्छ !

    गाउँ जति पुरानो छ त्यती पुरानो होइन यो देश भन्ने के थाहा ! ती गाउँबाट शहर झरेकालाई शहरबाट लखेट्ने भूल गर्नेहरुलाई के थाहा गाउँनै हो यो देशको जन्मदाता र प्राण ! माटो माथिको अधिकार माटो छुनेकै हुनु पर्दछ ! माटोको व्यापारीहरुलाई के थाहा ! तर हो उनीहरु सुकुमबासी नै थिए ! नेपाली थिएनन् ! झरीमा रुझ्दै बसेका छन् ती ! भोकै तड्पिएकाछन् ! उनीहरुको घर भत्किएको छ ! आत्म सम्मानमा ठेस पुगेको छ ! आत्मा रोएको छ ! आफ्नै अभिभावकले नस्वीकारेको अपमान र पिडा बोध छ गहिरो तर उनीहरु सुकुमबासी थिए ! हो सुकुमबासी थिए ती थिएनन् नेपाली ! नेपाली भैदिएको भए त निर्जीव सरकारले तिन्लाई बेघर बनाउने नै थिएन नि ! जनता बिना राज्य र मान्छे बिनाको बस्तीमा शासन गर्छु भन्ने सरकारलाई के थाहा मानवता बिना मान्छे बन्न सकिन्न भन्ने !

    साभार फेसबुक वाल बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.