संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ । जिल्लाको मकालु गाउँपालिका–२ सेकेदेम भन्ने ठाउँको सुकेखोलामा स्थानीय मदन राईका १२ वर्षीय छोरा सुवास राई र चार वर्षीय छोरा आशिष राईको पौडी खेल्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक मेघराज अर्यालले बताए ।
उनका अनुसार, सोमबार दिउँसो करिब १ बजेतिर स्थानीय खोलामा एकै परिवारका दाजुभाइ र बहिनी सुबास, आशिष र १० वर्षीय बहिनी मनिषा राई खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा आशिष ढुङ्गाबाट चिप्लिएर लड्दा उनलाई बचाउन जाँदा दाजु सुबास पनि गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दाजुभाइ सुबास र आशिषलाई तुरुन्तै मकालु स्वास्थ्य केन्द्र सेदुवामा ल्याई उपचार गर्न खोज्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।








